
bpmhl
Gis
Gsbus
Lsbus
Ssbus
Ksbus
Gsbus
Gsl
ebg
Lsbus
Gms
Gis
Ksbus
Gsbus
Ssbus
Nssbush
Gis
Ses
Rsbus
Ksbus

Ssm
Sls
Rgu
Rgs
nsb
Sbs
Pvg
Tsm
Rgu
Gst
Rsb
Bbbpu
Asm
Bbu
Vor
Ksm
Wsp
Ggd
Hal

sab
Syp
Ptm
Jmb
Gsb
Jmb
Rpp
Mks
Rmb
bbt
Bml
Pls
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पालिका स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विधिवत रुपमा बिहीबार उद्घाटन भएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निर्वतमान स्वास्थ, जनसंख्या तथा परिवार कल्याण मन्त्री तथा वर्तमान सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थारुले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनु भयो । पहिले कृषि क्षेत्रमा श्रम गर्दा खेल आवश्यक थिएन तर विज्ञान र प्रविधिको विकासले मानिसहरू अल्छी भएकोले मानिसमा रोगव्याधी फैलिएको भन्दै खेल क्षेत्रलाई निरन्तरता दिन आवश्यक रहेको उहाँले बताउनु भयो ।
त्यस्तै उहाँले आगामी दिनमा खेल क्षेत्रको भाैतिक पुर्वधार निर्माण र खेल प्रशिक्षक उत्पादन गर्न प्रदेश सरकारले पहल गर्ने समेत बताउनु भयो । खेललाई अनुशासनको पहिचान तथा शानको रुपमा लिन जरुरी रहेको र त्यसका लागि आत्मनिर्भर हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।
राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चाैधरी, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष नारायण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका राप्तीका अध्यक्ष दोर्ण जिसी,मंगोल नेशनल अर्गनाइजेसनका शोभाराम बुढा,प्रदेश पुर्वधार जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चाैधरी,जिल्ला खेलकुद विकास समितिका सदस्य अनिल रिजाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको विषयवस्तु बारे राप्ती गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विकले जानकारी गराउनु भएको थियो । उक्त प्रतियोगितामा गाउँपालिका अन्तरगत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका आधारभूत तथा माध्यामिकतहका विद्यार्थीहरुलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।
गोरखा आइडियल माध्यमिक विद्यालयको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको उक्त प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स,मार्सल आर्ट हाइजम्प,लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते, तेक्वान्दो,उसु, खेल समावेश गरिएको छ भने प्रतियोगितामा छात्रतर्फ दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर, रिले ४ ×४०० मिटर रिले , छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर रिले, ४×४०० मिटर रिले, उफ्रने र फ्याँक्ने ( फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड, छात्रा हाइजम्प लङजम्प,त्रिपल जम्प ज्यावलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड,मार्सल आर्ट तर्फ कराँते छात्र ४२ केजी, ४७ केजी, ५२ केजी काता एकल, छात्रा ४० केजी, ४५ केजी ५० केजी काता एकल, तेक्वान्दो छात्र ४५ केजी ४८ केजी र ५१ केजी छात्रा ४२ केजी ४४ केजी र ४६ केजी छात्र र छात्राको लङ्गजम्प, हाइजम्प छात्र र छात्राको खेल रहेको छ । खेल माघ २६ देखि २८ गते सम्म चल्ने प्रतियोगिताको उद्घाटन कार्यक्रमको संचालन गोरखा आइडियल माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्त पुन मगरले गर्नु भएको थियो।

