इर्धाशी झाकृ मगर/राप्ती गापा मंगलबार, माघ २४, २०७९

दाङ । सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेट क्वाटर भालुवाङमा भरखरै सरूवा भएर आउनु भएका नयाँ एसपी (गणपति) गाेपाल प्रसाद श्रेष्ठको स्वागतसंगै परिचयात्मक कार्यक्रम मंगलबार हेट क्वाटर परिसरमा सम्पन्न भएको छ ।हेट क्वाटरका नव गणपति गोपाल श्रेष्ठको अध्यक्षता
तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष विष्टले कुनै पनि रुखको जरामा जति माटो मुनि पुग्यो त्यति बलियो हुने बताउनु भयो ।

त्यस्तै ज्वालामाई गणको मत्का चियापानलाई ब्याख्या गर्दै स्थानीय अर्गानिक स्वास्थलाई पनि राम्रो गर्छ भन्ने कुरासंगै यो ठाउँमा स्वास्थ्य सुरुक्षा आपतकालिन सेवामा सशस्त्र बलको पनि सहयोगको आबश्यता रहेको हुँदा सास र लाशलाई त्यतिकै खेर नफालौ भन्ने भनाईलाई पनि विशेष जोड दिनु भएको थियो ।

यस्तै कार्यक्रम सहभागी नागरिक अगुवा,सामुदायिक वनका प्रतिनिधि,उद्योग बाणिज्य संघ अगुवा, समाजसेबी, जनप्रतिनिधि,पत्रकारहरु लगायतको माग नागरिकलाई शान्ती,सुरुक्षा दिन अत्यन्तै आवश्यक रहेको कुरा बताएका थिए ।

त्यसैगरि नयाँ गणपति गोपाल प्रसाद श्रेष्ठले सिमा सुरुक्षा र शान्ती सुरक्षा कायम राख्दै यो देश सुरक्षाको भुमिका खेलिरहेका छौं । साथै बिपतमा सधै आफुहरु हाजिर रहेको र अब बिगतमा भएका गतिविधिको समिक्षा गर्दै स-साना गल्तिहरु दोहोरिन नदिने प्रतिबद्धता पनि जनाउनु भएको छ । साथै परिचयात्मक कार्यक्रममा सबै जनाको सर सल्लाह सुझाबसंगै भएको कार्यक्रमको सन्चाल्न सशस्त्र प्रहरी सहायक उपरीक्षक खुम बहादुर केसिले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]