ओमप्रकाश गुप्ता बिहिबार, माघ १९, २०७९

दाङ । देउखुरीमा सवारी ज्यान मुद्दाका फरार २ जना पुरुष ८ वर्ष पछि पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ६ मझरिया बस्ने नारद कुमार चौधरी र सोही पालिकाको वडा नम्बर ८ पिपरी बस्ने पर्सुनाथ चौधरीलाई मंगलवार इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो । प्रहरी प्रमुख सुजनविक्रम शाहको कमाण्डमा खटिएको टोलीले लुकिछिपी घरमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा प्रतिवादी नारद कुमार चौधरीलाई दाङ जिल्ला अदालतले २०७० माघ २९ गते र अर्का प्रतिवादी पर्सुनाथ चौधरीलाई २०७० माघ २३ गते कैदको सजाय तोकेको थियो । पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतमा पेश गरि कैद भुक्तानको लागि जिल्ला कारागार घोराही दाङमा पठाईएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]