
Gsb
Tgp
Ksb
Csb
Ksb
jsb
Ssb
Rsb
Rks
Fmb
Ppu
Bsn
Ksb
Usb
Nsb
Ssb

Tsb
Gsb
Usb
Ssb
Hl1

Rgu
ptl
Nps
दाङ । यामाह कम्पनीको १२५ सिसि जेट आर स्कुटर पेट्रोल खपतमा उत्कृष्ट मानिएको छ ।
एफ आई इन्जिन भएको जेट आर स्कुटरले प्रति लिटरमा ८० किलोमिटर सम्म यात्रा गर्न सक्ने पाईएको छ । यामाह कम्पनी र यामाह स्वरूम लमहीले सँयुक्त रुपमा गढवामा आयोजना गरेको जेट आर माईलेज च्यालेञ्ज कार्यक्रमको अबसरमा परिक्षण गरिएको थियो । यामाह स्वरूम लमहीले आफुले बिक्री बितरण गरेको जेट आर स्कुटर हरु गढवामा भेला गराई परिक्षण गरेको हो ।
प्रतिष्प्रधात्मक कार्यक्रममा लमही निवासी श्रृँखला बस्नेतले चढ्दै आएको जेट आर स्कुटर प्रति लिटर ८०.१ किलोमिटर कुदेको परिक्षण बाट पत्ता लागेको छ । त्यस्तै राप्ती गाउँपालिका २ निवासी शिव बहादुर राना मगरको स्कुटर प्रतिलिटर ७८.३ किमि कुद्ने गरेको पाईएको छ भने लमही नगरपालिका ४ अर्नवा निवासी सँजिता डाँगीको स्कुटर प्रति लिटर ७६.२ किमि कुद्ने गरेको यामाह कम्पनीका एरिया सर्भिस ईन्जिनियर मन्दिप कँवरले बताए । माईलेज च्यालेञ्जमा क्रमश श्रृँखला, शिव र सँजिता पहिलो, दोस्रो र त्यस्रो भएका छन ।
एउटै स्कुटरपनि फरक फरक माईलेज दिनुको कारण भने ईन्जिनियर कँवरले सर्भिस समयमा नहुदा यस्तो स्थिती आउने बताए । उनका अनुसार कम्पनीको नियमानुसार सर्भिस समयमा गर्ने हो भने जेट आर स्कुटरले प्रति लिटर ८५ किमिसम्म माईलेज दिने बताए । जसले गर्दापनि यामाह कम्पनीको जेट आर स्कुटर सबैको रोजाईमा पर्ने गरेको छ ।
विभिन्न कम्पनीका विभिन्न स्कुटर मध्य तेल खपतमा जेट आर सर्बोत्कृष्ट मानिएको छ । पछिल्लो समय जेट आर स्कुटरको माग अत्यधिक बढेको निल कमल ट्रेडर्स (यामाह स्वरुम) का सञ्चालक कमल जँग सिँह ठकुरीले बताए । सक्सेस स्कुटर मध्यमा पर्ने जेट आरले अन्य भन्दा अत्यधिक तेल खपत गर्ने भएकाले पनि यसको माग बढेको छ उनले भने । जेट आर स्कुटर डबल र सिँगल डिसका बजारमा उपलब्ध छन ।
यामाह स्वरुम लमहीले माईलेज च्यालेञ्जमा सहभागी भएका हरुलाई प्रमाण पत्र, ज्याकेट र थर्मस उपहार स्वरुप प्रदान गरेको छ ।
