
Ppu
Bsn
Usb
Ksb
Csb
jsb
Ksb
Rsb
Fmb
Ksb
Rks
Ssb
Ssb
Nsb
Gsb
Tgp

Hl1
Ssb
Usb
Tsb
Gsb

Rgu
Nps
ptl
दाङ । रुपन्देहीको देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीका संयोजक श्रद्धा कुवरको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले सचेतना नहुँदा महिला हिंसा बढिरहेको बताउनु भयो । उहाँले यौन जन्य हिंसा न्यूनिकरण गर्न यस्ता तालिमले महत्वपूर्ण सहयोग गर्नेमा जोड दिनु भयो । उहाँले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले यौन हिंसा तथा साईवर क्राईम रोक्नको लागि विद्यालय तहबाट नै सचेतना कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । कार्यक्रममा साईवर क्राईमको बारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले विद्यार्थीहरुलाई सचेतना गराउनु भएको थियो ।
यसैगरी गुड टच व्याड टच सम्वन्धी डा. अनामिका वस्यालले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । ईसा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज यम राना, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।
