
Lnp
Rgp1
pku
Srbpu
cjs
Rgp
Unsku
sbs
Ggp
Sgr
Pbu
Djs
Gfs
Pes

Ggd
nsb
Pvg
Ssm
Bbu
Gst
Bbbpu
Tsm
Rgu
Rgu
Sls
Sbs
Hal
Vor
Asm
Rsb
Wsp
Ksm
Rgs

Mks
Pls
Ptm
Syp
Gsb
Bml
sab
Jmb
Jmb
bbt
Rpp
Abd
Rmb
दाङ । देउखुरीको गढवा गाउँपालिकाले भूमिहिन सुकुम्वासीलाई दिने भनिएको जग्गा नाप-जाँचको प्रक्रिया अगाडी बढाउने भएको छ ।
पालिका भित्रका वडाहरुमा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिसकेकाले अब नाप-जाँचको कार्य सुरु गर्ने पालिकाले जनाएको छ । पालिकामा रहेका ३ सय २१ भूमिहिन दलित,११ सय भूमिहिन सुकुम्बासी र ६ हजार बढी अव्यवस्थित बसोबासी गरी ७ हजार ७ सय ५५ जनाको तथ्याङक प्रविष्ट भइसकेकोले अब नापजाँचको कार्य अगाडी बढाउने तयारी भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण (शर्मा) पोख्रेलले जानकारी गराउनु भयो ।
राष्ट्रिय भूमि आयोग दाङका पदाधिकारी र गाउँ कार्यपालिकाको बीच बुधवार गढवामा भएको अन्तक्रिया नाप-जाँचको कार्य अगाडी बढाउने सहमति भएको हो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण (शर्मा) पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज सिंहले आयोगले विगतका अधुरा कार्यका फाइलहरु अध्ययन गरिरहेको बताउनुभयो ।
निस्सा वितरण भैसकेका र तथ्याङक प्रविष्ट गरिसकेको पालिकाम नाप-जाँचको कार्य अगाडी बढाउने र छिटो भन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पुर्याउने गरी आयोग अगाडी बढेको बताउनु भयो । नाप-जाँचको कार्य अगाडी बढाउनका लागि ७ दिने र १५ दिने सुचना जारी कार्य अगाडी बढाउन समेत आग्रह गर्नु भयो । मुक्त कमैयाहरुको सवालमा आयोगले केही नगर्ने र यसको लागि छुट्टै कार्यदलले हेर्ने छ उहाँले भन्नुभयो –अव सवै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकोले जग्गाको वर्गीकरण देखी सार्वजनिक जग्गाको संरक्षणको जिम्मा समेत पालिकालाई रहेको छ ।
कार्यक्रममा आयोगका विज्ञ सदस्य लक्ष्मी चौधरी, सदस्यहरु गोविन्द रेग्मी, कमला जिसी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, लमही नापी कार्यालयका सर्वेक्षक विजयराज जोशी,कार्यपालिका सदस्यहरु,कर्मचारीहरुको उपस्थिति रहेको थियो । पालिकाको भूमिहिन सुकुम्बासीको अवस्थावारे पालिकाका भूमि सेवा केन्द्र प्रमुख संजिव पौडेलले जानकारी गराउनुभएको थियो । यसभन्दा पहिले पालिकाले ८ सय १५ घरधुरीको ९ सय २४ कित्ता जग्ग्गा नाप-जाँचको कार्य सम्पन्न गरिसकेको छ ।
