
sbs
Pes
Lnp
Pbu
Sgr
Srbpu
Rgp
pku
Gfs
Unsku
Rgp1
Ggp
cjs
Djs

Rgs
Sls
Wsp
Ggd
Hal
nsb
Gst
Tsm
Bbu
Rsb
Vor
Rgu
Bbbpu
Ssm
Ksm
Pvg
Sbs
Rgu
Asm

Jmb
Syp
bbt
Mks
Ptm
Gsb
Jmb
Rpp
Pls
Abd
Bml
Rmb
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शिव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विद्ध्या प्रसाद यादव निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक वेला सव डिभिजनका फरेस्टर नवल कुमार शाहका अनुसार समूहको मंगलबार आज सम्पन्न भएको निर्वाचनबाट १५८ मत प्राप्त गरी अध्यक्षमा यादव निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी लाल बहादुर यादवले १ सय ३१ र रन बहादुर यादवले ४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी समूहको उपाध्यक्षमा गत ५ गते भएको साधारण सभाबाट सर्वसमत सन्तोष कुमार यादव निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै समूहको सचिवमा १ सय ४५ मत प्राप्त गरी तारावती यादव निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी सरस्वती यादवले १४१ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै समूहको कोषाध्यक्षमा १७४ मत प्राप्त गरी सुबास चन्द्र यादव निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धनि राम तेलीले ११८ प्राप्त गरेका थिए । यता समूहका सह-सचिवमा रामवरण यादव र सदस्यहरुमा प्रभावती यादव,सति चमेला हरिजन, सुनिता यादव र रिता चौधरी साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए।
यस्तै निर्वाचन समितिका अनुसार जम्मा मतदाता संख्या ३ सय १० मध्ये मतदाताले पुर्ण रुपमा मतदान गरेका थिए । मतदान आज विहान ८ बजेबाट सुरु भएको थियो । जम्मा मतपत्रमध्ये ६ वटा मतपत्र पूर्णरुपमा बदर भएको समितिका संयोजक नवल कुमार शाहले जानकारी दिए ।
