
Ksb
Ssb
jsb
Rks
Ksb
Usb
Tgp
Rsb
Nsb
Gsb
Fmb
Ksb
Ppu
Csb
Ssb
Bsn

Tsb
Ssb
Gsb
Hl1
Usb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शिव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा विद्ध्या प्रसाद यादव निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक वेला सव डिभिजनका फरेस्टर नवल कुमार शाहका अनुसार समूहको मंगलबार आज सम्पन्न भएको निर्वाचनबाट १५८ मत प्राप्त गरी अध्यक्षमा यादव निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी लाल बहादुर यादवले १ सय ३१ र रन बहादुर यादवले ४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी समूहको उपाध्यक्षमा गत ५ गते भएको साधारण सभाबाट सर्वसमत सन्तोष कुमार यादव निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै समूहको सचिवमा १ सय ४५ मत प्राप्त गरी तारावती यादव निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी सरस्वती यादवले १४१ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै समूहको कोषाध्यक्षमा १७४ मत प्राप्त गरी सुबास चन्द्र यादव निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धनि राम तेलीले ११८ प्राप्त गरेका थिए । यता समूहका सह-सचिवमा रामवरण यादव र सदस्यहरुमा प्रभावती यादव,सति चमेला हरिजन, सुनिता यादव र रिता चौधरी साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए।
यस्तै निर्वाचन समितिका अनुसार जम्मा मतदाता संख्या ३ सय १० मध्ये मतदाताले पुर्ण रुपमा मतदान गरेका थिए । मतदान आज विहान ८ बजेबाट सुरु भएको थियो । जम्मा मतपत्रमध्ये ६ वटा मतपत्र पूर्णरुपमा बदर भएको समितिका संयोजक नवल कुमार शाहले जानकारी दिए ।
