
Csb
Rks
jsb
Ssb
Bsn
Ksb
Ksb
Ppu
Nsb
Gsb
Tgp
Ksb
Fmb
Usb
Rsb
Ssb

Tsb
Hl1
Usb
Ssb
Gsb

Rgu
ptl
Nps
काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।
आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
त्यस्तै डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।
