
Pes
Rgp1
sbs
Sgr
cjs
Djs
Srbpu
pku
Ggp
Lnp
Pbu
Rgp
Unsku
Gfs

Bbu
Wsp
Ksm
Vor
Sbs
nsb
Pvg
Tsm
Ssm
Asm
Ggd
Rgu
Rgs
Bbbpu
Rsb
Sls
Gst
Rgu
Hal

Rpp
Pls
Syp
bbt
Gsb
Bml
Abd
sab
Jmb
Mks
Rmb
Jmb
Ptm
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ को आयोजना र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सह –आयोजनामा एकल महिलाहरुको नेतृत्व बिकास र अधिकारका बारेमा सचेतना तालिम प्रदान गरि।एको छ ।
पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षता र वडा अध्यक्ष लेख बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले एकल महिलाहरुको क्षमता बिकास गर्न र उनिहरुलाई उत्पादनमुखि काममा जोड्न वडा कार्यालयले बजेट बिनियोजन गरेर नेतृत्व बिकास तालिमको आयोजना गरेको बताउनुभयो । एकल महिलाहरुलाई राज्यले दिने सेवा सुविधा संगै सामाजिक क्षेत्रमा नेतृत्वगर्ने क्षमताको बिकास गर्न आवश्यक रहेको थापाले बताउनुभयो । स्थानीय सरकारको तर्फबाट पनि एकल महिलाहरुकोे क्षमता बिकासका लागि बिभिन्न योजनाहरु बनाएर वडा कार्यालयले काम गरिरहेको उहाँले कार्यक्रममा जानकारी गराउनु भयो ।
कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका सल्लाहकार कमल गौतमले एकल महिलाहरुको नेतृत्व बिकास, स्थानीय सरकारले दिने सेवा सुविधाहरु, उनिहरुको हक अधिकार र कानूनी प्रावधान तथा सामाजिक सुरक्षा र न्यायिक समितिले महिलाहरुका लागि गर्ने कामहरु आदिका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु पल्टुराम चौधरी, नरेश चौधरी, दलित शसक्तिकरणका अभियानका जया बिश्वकर्मा, पत्रकार दुखहरण यादव र शिबराज पन्थी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रमका लागि सामुदायिक पुस्तकालयको ३० प्रतिशत लागत सहभागिता र वडा कार्यालयको ७० प्रतिशत आर्थिक सहयोग रहेको थियो । कार्यक्रममा कुल ५४ जना एकल महिलाको सहभागिता रहेको थियो ।
