
cjs
Rgp
Srbpu
Sgr
Unsku
Pbu
pku
Pes
Gfs
Djs
Rgp1
Ggp
sbs
Lnp

Rgu
Bbu
Tsm
Sbs
Gst
Pvg
Vor
Rsb
Ggd
Ksm
Hal
Ssm
nsb
Bbbpu
Rgu
Sls
Rgs
Asm
Wsp

Rpp
Pls
Syp
Gsb
Ptm
Jmb
Mks
Rmb
Jmb
sab
Abd
bbt
Bml
दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पत्रकारहरुले गलत कुरालाई निरन्तर खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रथम अधिवेशनको बिहिबार दाङको घोराहीमा उद्घाटन गर्दै पुनले पत्रकारहरु नैतिकवान बन्न सके मात्र गलत कुराहरु बाहिर आउन गर्न सक्ने बताए ।
त्यस्तै उनले राम्रो कामको सराहना गर्दै गलत प्रवृत्ति विरुद्ध आवाज बुलन्द गर्न सक्नुपर्नेमा जोड दिए । सभापति पुनले प्रेस युनियनले चुनावी अंकगणित तल–माथि पार्न मात्र जथाभावी सदस्यता वितरण गर्ने काम गर्दा पत्रकारिताको गरिमामा आँच आउनेतर्फ सचेत गराए ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले हेटौंडा महाधिवेशनले दिएको म्यान्डेटलाई तल–माथि नगरेर प्रदेश अधिवेशन गरिरहेको उल्लेख गर्दै संगठन विधि बिधान अनुसार नै चलाउने दृढता ब्यक्त गरे। उनले प्रेस युनियन सम्बद्ध पत्रकारहरुको क्षमता–दक्षता अभिवृद्धि गर्न यसै आर्थिक वर्षभित्र मुलुकभर ७३ वटा तालिम संचालन गर्ने तयारीमा रहेको बताए ।
अधिवेशन उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा, उपाध्यक्ष दीपेन्द्र वान्तवा, महासचिव दिलिप पौडेल, कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनाल, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस रोल्पाकी उपसभापति कविता उपाध्याय, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, नेपाल पत्रकार महासंघका पूर्व सचिव रामजी दाहाल, नेपाल ट्रेड युनियन कांग्रेसका युबराज बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष एवं अधिवेशन आयोजक संयोजक माधव अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत मन्तव्य प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले राखेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशबाट यसअघि केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गरेका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
यता अधिवेशनकाे बन्दसत्रले नेपाल प्रेस युनियनकाे लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदिप गाैतम निर्विरोध निर्वाचित भएका छन् । दाङको घोराहीमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमित सर्वसम्मत रूपमा चयन गरेको हो ।
गौतम विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँ दै आएका छन् । त्यसैगरी खुला उपाध्यक्षमा जयसिहं केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन गिरी, खुला सचिवमा सुर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे समावेशी सचिवमा शम्सेरबिक्रम जिसी र कोषाध्यक्ष सीपी खनाल रहेका छन् ।
त्यस्तै सदस्यहरूमा प्रकाश रेग्मी, बसन्त बन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, बिष्णू आचार्य, पारस भण्डारी, दिलीप खड्का, प्रमोद आचार्य, रविन शर्मा चापागाई, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई घिमिरे, अनु खनाल, भीमा कँडेल, पूजा पन्थी, दुख हरण यादव, रबिन्द्र यादव, सुरेश परियार लेखा समिति संयोजक – मुत्ती प्रसाद न्यौपाने र सदस्यहरुमा इन्द्रजित रेग्मी र प्रकाश घिमिरे रहेका छन् ।
