
Ggp
Pbu
Lnp
sbs
Gfs
pku
Srbpu
Djs
Rgp1
Rgp
Pes
Unsku
cjs
Sgr

Bbu
Gst
Rgu
Ssm
Ggd
Asm
Pvg
Rgu
Ksm
Bbbpu
Rsb
nsb
Sbs
Sls
Tsm
Vor
Wsp
Rgs
Hal

Pls
Bml
Gsb
Abd
Ptm
sab
Rpp
Jmb
Rmb
Mks
bbt
Syp
Jmb
दाङ । महिलाहरुको समस्यालाई मध्यनजर गरि राजपुर गाउँपालिकाले नाकाक्षेत्रमा प्रसुती गृह संचालनमा ल्याएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाही नाकामा प्रसुती गृह सञ्चालनमा ल्याईएको हो । नाकाका महिलाहरुलाई गर्भवती हुँदा भारतको भर पर्नुपर्ने बाध्यता थियो । जँगलको लामो बाटो हिँडाईले महिलालाई थप समस्या उत्पन्न हुने गरेको नाकाबासी बताउँछन । आफ्नै देशको स्वास्थ्य कार्यालय पुग्नपनि उत्तिकै सकस हुन्थ्यो । ओकाली ओरालीको हिडाँई र थकाईले महिलाको आदा प्राण बाटोमै सकिने गरेको महिलाहरु पीडा पोख्छन ।
गर्भवतीको समयमा महिलालाई पौष्टिक तत्व सँगै आरामदायी समयको आबस्यक्ताका बेला बाटोको हिँडाईले थकित हुँदा गर्भपतनमा समस्या हुने गरेको चिकित्सक हरु बताउँछन । यिनै समस्यालाई मध्यनजर गर्दै सुरक्षित गर्भपतनका लागि नाकामै प्रसुती गृह सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकिले बताए । उनले चुनाबका बेला बोलेका कुराहरुलाई सहज तरिकाले पूरा गर्दै सधै जनताको पक्षमा रहने बताए ।
नाकाबासी महिलाको वास्तविक पिडा आफुले बुझेको र सरकारको अनुभूति दिलाउन सेवा दिन थालिएको उपाध्यक्ष धनपती यादबले बताईन । उनले गर्भवतीको बेला महिलाले भोग्नु परेको पिडालाई अन्त्य गरि छिटो छरितो सेवा दिनेगरी प्रसुती गृह सञ्चालनमा ल्याईएको बताईन । यस्तो सुबिधाले दैनिक भोग्नुपरेको पीडा अन्त्य हुने बिश्वास गरिएको छ । गाउँपालिकाले थालेको यो कामलाई नाकाबासीले खुसी ब्यक्त गर्दै स्वागत गरेका छन । बिगत देखि नै भोक्दै आएको नाकाबासीको यस्तो समस्या सधैका लागि अन्त्य भएको छ । नाकाबासीले अब नाकामै बालबच्चाको जन्मदिन सक्ने भएका छन । जसले गर्दा नाकाकबासीमा छुट्टै उमँग छाएको छ ।
त्यस्तै प्रसुती गृहमा ३ जना कर्मचारीको ब्यबस्थापन गरिएको छ । २ जना अनमी सहित १ जना अहेब कार्यरत रहने गरि ब्यबस्थापन गरिएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले बताए । उनिहरुको तलब सुबिधा गाउँपालिका आफैले ब्यबस्थापन गर्नेछ ।
