
cjs
Ggp
Rgp1
Pbu
Sgr
Unsku
sbs
Srbpu
Gfs
Pes
Djs
pku
Lnp
Rgp

Bbbpu
Tsm
Rsb
Sbs
Bbu
Ksm
Gst
Asm
Ssm
Rgu
Rgs
nsb
Vor
Rgu
Wsp
Hal
Ggd
Sls
Pvg

Abd
Gsb
Bml
bbt
Mks
sab
Jmb
Jmb
Syp
Ptm
Pls
Rpp
Rmb
भनिन्छ, ‘भाषाको मुटु भनेकै व्याकरण हो ।’ यहीँ श्वासत उद्धरणसँग सुहाउँदो पुस्तक हो, ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ अंग्रेजी भाषामा लेखिएको यो पुस्तक अहिले विद्यार्थी, शिक्षक, प्राध्यापक र लोकसेवा आयोग तयारी गर्दै गरेकाहरूको हात–हातमा देख्न सकिन्छ । पुस्तक प्रकाशन भएको सातादिन नबित्दैँ हजारौँ प्रति बजारमा खपत भएको छ ।
‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ नामक पुस्तक समय सान्दर्भिक पुस्तक हो । पछिल्लो समयमा विश्वभर अंग्रेजी भाषाको दबदबा बढिरहेको बेला यो भाषाले नेपालमा पनि स्थान पाएको हो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा झण्डै एकसय २३ भाषा बोलिन्छ । त्यसको अलवा अंग्रेजी पनि बोलिन्छ । अंग्रेजी भाषा सरकारी कामकाजीको भाषामात्रै नभएर विभिन्न निजी तथा सरकारी विद्यालय, कलेज र विश्वविद्यालयका पाठ्यपुस्तकहरूमा पनि पढाई हुने गर्दछ । अंग्रेजी भाषा विश्वका ३७ करोड २० लाख मानिसहरूले भातृभाषाको रुपमा बोल्ने गर्दछन् । दिनानुदिन यस भाषाको लोकप्रियता बढ्दै गएको छ । यहीँ लोकप्रियतालाई ध्यानमा राखेर लेखकले अंग्रेजी भाषा र उक्त भाषाको व्याकरणलाई समेटेर एउटा पुस्तकको आकार दिएका छन् । उक्त पुस्तक तीन खण्डमा विभाजन गरिएको छ ।
पहिलो खण्ड
यस पुस्तकको पहिलो खण्डमा अंग्रेजी भाषा नेपालीमा र नेपाली भाषा अंग्रेजीमा अनुवाद कसरी गर्ने भन्नेबारेमा स्पष्ट र सरल ढंगबाट दुबै भाषामा सिकाईएको छ । नेपाली भाषीहरूका लागि चुनौतिपूर्ण बन्दै गएको यो भाषालाई शुलोलित ढंगले उल्था गरिएको छ र अनुवाद गर्न पनि सिकाएको छ । छोटा एवं संयोजन जस्ता लघुतावाची शब्दहरूको प्रयोग कसरी गर्ने भन्नेबारेमा पनि प्रशस्त ज्ञान दिएको छ । र, पहिलो खण्डको अन्तिममा विशिष्टिकरण उद्देश्यमा आधारित रहेर अभ्यास गराउँनका लागि विभिन्न खाले प्रश्नहरू पनि सोधिएको छ । यो खण्ड पढिसकेपछि उक्त प्रश्नहरू अभ्यास गर्न जरुरी देखिन्छ । यसले गर्दा पाठकले पढेका कुराहरूमा थप स्पष्ट भईन्छ ।
दोस्रो खण्डः
नेपालमा मात्रै नभएर बाह्य देशका विभिन्न भाषाभाषिकाको आ–आफ्नो व्याकरण हुन्छ । त्यसको सही प्रयोग गर्न विभिन्न व्याकरणिक नीति तथा परिबन्ध पनि तोकिएको हुन्छ । तोकिएकै व्याकरणमा टेकेर देखने वा बोल्ने गर्नुपर्छ । हरेक भाषाको मुटु भनेको व्याकरण हो । यो कुरा जानिएन भने बोलेको वा लेखेको भाषा नै अपाङ्ग हुन्छ अथवा अस्पष्ट हुनपुग्छ । त्यसैले भाषिक ज्ञानमात्र भएर पुग्दैन । यसकालागि व्याकरण सिक्न अति महत्वपूर्ण र जरुरी छ । यहीँ कुरालाई ख्याल गर्दै लेखकले बडो मेहनतकासाथ लेखेका छन् । जटिल भाषाशैलीलाई सरल ढंगले प्रस्तुत गरेका छन् । यसअन्तर्गत आर्टिकल, अंग्रेजी व्यापकरण, शब्द, वाक्य उच्चारण र लेखन आदि कुरालाई मीठास शैली र सरल भाषामा लेखेको छ । यसकासाथै भूत, वर्तमान, भविष्य कालहरूको बारेमा पनि व्याकरणको नीतिमा रहेर लेखेका छन् । यसका अलवा अंग्रेजी व्याकरणलाई छोटो, मीठो भाषाशैलीमा क्रमबद्ध ढंगले उक्त पुस्तकमा उल्लेख गरेका छन् । यस व्याकरणको अन्तमा प्रश्न सहित उत्तरकुञ्जिका पनि राखिएको छ ।
अन्तिम खण्डः
यस पुस्तकको तेस्रो वा अन्तिम खण्डमा अंग्रेजी भाषा कसरी पढ्ने वा लेख्ने भन्ने भन्ने बारेमा सहजै बुझ्न सक्ने शैलीमा लेखिएको छ । विशेषतः एसइई परीक्षामा परीक्षार्थीकालागि सोधिने अंग्रेजी विषयको अनुच्छेद र उक्त अनुच्छेद पढेर उत्तर दिन सकुन भन्ने हेतुकासाथ सहज ढंगले पठन र लेखनमा जोड दिएको पाईन्छ । योसँगै निवेदन, चिठी कसरी लेख्ने आदिका बारेमा नीतिसंगत शैली पनि सिकाएको छ । विद्यार्थीहरूलाई आफ्नोबारे, विद्यालय, देश र राष्ट्र आदिकाबारेमा स्वतन्त्रपूर्वक कसरी लेख्न सकिन्छ । त्यसको बारेमा पनि उल्लेख्य जानकारी दिएको छ ।
अन्ततः
‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर’ नामक यो पुस्तक सबैकालागि पठनीय छ । यो एउटा घरको शिक्षक वा गुरु पनि हो । विद्यालय नगएर घरैमा बसेर जोकोहीँले स्वःअध्ययन गरी फरर अंग्रेजी भाषा बोल्न र लेख्न सिकाउँने गतिलो साधन हो । यस पुस्तकले ज्ञानमात्रै होइन, व्यवसायिक बन्न पनि सिकाउँछ । यदि अंग्रेजी भाषा जानेको छ भने उसले कुनै पनि ठाउँमा बेरोगार भएर बस्नुपर्दैन । यस भाषाको दखल छ भने जिन्दगी चलाउँन सहज हुन्छ । युधिष्ठरको परीक्षामा सोधिएको यक्षप्रश्न थियो, ‘परदेशको मित्र को हो ?’ उनले उत्तर दिए, ‘परदेशको मित्र विद्या हो ।‘ साँच्चिकै उनको उत्तर आजसम्म पनि उत्तिकै प्रेरणादायी र उपयोगी छ । यो पुस्तक वास्तवममै परदेशको मित्र नै हो । अंग्रेजी भाषा मित्रमात्रै पनि होइन यो एउटा व्यवसाय पनि हो । यसले कयौँ मानिसको आयमूलक स्रोतको खानी बनेको छ । अधिकांश व्याकरणका कुरा यस पुस्तकमा समेटिएको छ । मलाई लाग्छ, यो पुस्तक सरसर्ती पढिसकेपछि विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, लोकसेवा लगायत विभिन्न सेवामा प्रवेश गर्न चहानेकालागि बहुउपयोगी पुस्तक हो ।
यो पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी मंगलबहादुर थापा हुन् । उनी बझाङ्गका हुन् । विगत केहीँ वर्ष यता त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा, साहित्यको अध्ययन गर्दैछन् । लेखक थापा राजनीतिमा प्रत्येक्ष, परोक्ष संलग्न पनि छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल र टेलिभिजन कार्यक्रममा उनी चर्चामा छन् । उनको पुस्तक ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर’ इन्टलेक्चुअल बुक प्यालिस् कीर्तिपुर, काठमाडौंले प्रकाशन गरेको हो । यो पुस्तकको लोकार्पण फागुन ४ गते एक औपचारिक कार्यक्रकाबीच त्रिभुवन विश्वविद्यालयमा गरिएको थियो ।
पुस्तकका समिक्षक त्रिभुवन विश्वविद्यालय काठमाडौंमा अध्ययनरत विद्यार्थी हुन् ।
