
Unsku
Srbpu
Rgp1
Djs
Pes
cjs
Ggp
Lnp
Pbu
sbs
Gfs
Sgr
pku
Rgp

Rsb
Pvg
Hal
Wsp
Rgs
Asm
Bbbpu
Gst
Rgu
Sls
Tsm
Ssm
Sbs
Rgu
Ggd
Vor
Ksm
Bbu
nsb

Ptm
Jmb
Abd
Mks
bbt
Gsb
Syp
Rmb
Pls
Rpp
Bml
Jmb
sab
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ ।
कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको छ ।
नगरका प्रत्येक नागरिक लाई योग अपरिहार्यता को बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पना लाई साकार पार्ने, दिर्घकालिन रोगको नियन्त्रण गर्ने प्रमुख उदेश्यका साथ राष्ट्रीय योग दिवस कृष्णनगरमा मनाइएको जानकारी नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर प्रमुख कविराज नागेश्वर मिश्रले दिए । विहान ६:३० देखि ७:३० सम्म योग शिविर संचालन गरि त्यस पछि कृष्णनगर बजारमा सरसफाई गरि कृष्णनगरको मुटु मनेर चिनिने गोलघर चोकमा सभा आयोजना गरि कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष कृष्ण कुमार गुप्ता, राहुल मोदनवाल, नारायण कनोडिया, पुष्कर गुप्ता, प्रवेज पाठक, विनय गिरि, चन्द्रभान पाण्डेय, सुरेन्द्र प्रसाद शुक्ल, लगायत जनप्रतिनिधि, समाजसेवी, शिक्षक, बुद्धिजीवी,शिक्षाप्रेमी, नेपाल प्रहरी, सशस्त्र प्रहरी पत्रकार लगायतको उपस्थित मा कार्यक्रम सभ्य र भव्य रूपमा सफल गरिएको थियो ।
