
Ggp
Unsku
Sgr
Pes
pku
Djs
cjs
Rgp
Rgp1
Srbpu
Lnp
Gfs
sbs
Pbu

Bbu
Ggd
Tsm
Rsb
Hal
nsb
Ksm
Bbbpu
Pvg
Sls
Wsp
Vor
Rgs
Rgu
Sbs
Rgu
Gst
Asm
Ssm

Mks
Rmb
Jmb
Abd
Ptm
Jmb
Syp
Bml
Gsb
Pls
sab
bbt
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिको आयोजनामा शनिबार गाउँपालिका स्तरीय माघे संक्रान्ति विशेष माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिका अध्यक्ष धनिराम घर्ती मगरको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले मगरहरुको पोशाक वर्षमा एक दिन मात्र लगाउनु भन्दा वर्षको ३ सय ६५ दिन नै मगर पोशाक लगाएमा मगरहरुको पहिचान अझ बढी झल्कने बताउनु भयो ।
त्यस्तै उहाँले विभिन्न जातजातीलाई आफ्नो संस्कार र संस्कृति जोगाउनको निम्ति बजेट छुताउने क्रम्मा मगरलाई पनि वार्षिक ८ लाख बजेट विनियोजित गरिदिने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यसमितिका कोषाध्यक्ष निर्मला राना मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्याक्रमा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरी, प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष अनुप चाैधरी, ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष डिल्ली घर्ती मगर,नेपाल मगर संघका केन्द्रीय सदस्य भिमप्रकाश पुन मगर,पत्रकारहरू महेश रिजाल,जमिर शाहा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस्तै धनुषवाण हान्ने प्रतियोगिता टीका झार्की मगर प्रथम र अमित रोका मगर दोस्रो स्थान प्राप्त गरेका थिए । विजेताहरूलाई प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियोे । साँस्कृतिक कार्यक्रममा घोराहीबाट मयुर नाच, राप्ती गाउँपालिका वडा नम्बर ८ बाट सोरठी नाच, वडा नम्बर ३ बाट नाैमती पञ्चेबाजा, वडा नम्बर २ बाट काैडा नाच, वडा नम्बर १ बाट झाकी प्रदर्शन गरिएको थियोे ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिलाका सचिब कमल प्रसाद धमला,ज्वाला माई गण भालुबाङका प्रमुख कर्ण बहादुर बुढा मगर,नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य इराधा झाक्री मगर,नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष खलु प्रसाद पुन मगर विभिन्न प्रदेश र पालिका प्रतिनिधि र हजारौं मगर तथा गैरमगरहरुको सहभागी रहेको कार्यक्रमको संचालन गाउँ कार्यसमितिका सचिव हिरा झाक्री मगरले गर्नु भएको थियो ।
