
Srbpu
cjs
Rgp1
pku
Pbu
Djs
Rgp
Ggp
Pes
Unsku
sbs
Gfs
Sgr
Lnp

nsb
Gst
Sbs
Rgu
Bbu
Wsp
Rgu
Bbbpu
Ggd
Ssm
Rsb
Asm
Rgs
Sls
Pvg
Tsm
Ksm
Hal
Vor

Rmb
Jmb
bbt
sab
Ptm
Rpp
Jmb
Pls
Syp
Bml
Gsb
Mks
Abd
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ९६३१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनामा घाइते भरतपुर महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले ट्रक चालक मकवानपुरको मनहरि गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ ।
