
Pbu
Ggp
Gfs
pku
Djs
Pes
Rgp
Lnp
sbs
cjs
Rgp1
Unsku
Srbpu
Sgr

Rgs
Ksm
Ssm
Sbs
Wsp
Bbu
Vor
Rgu
Bbbpu
Pvg
Rgu
Ggd
Sls
nsb
Gst
Hal
Rsb
Tsm
Asm

Mks
sab
Rpp
Ptm
Bml
Jmb
Rmb
bbt
Gsb
Syp
Jmb
Pls
Abd
दाङ । जनजातीहरुको जिविकोपार्जनका लागि सञ्चालित एक महिने ढकिया बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – ३ मा सम्पन्न भएको छ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा सृजनशील महिला समूह गढवा – ६ को आयोजनामा एक महिने ढकिया बुनाई तालिम सञ्चालन भएको थियो। एक महिने ढकिया बुनाई तालिमको बिहीबार एक कार्यक्रमको बिच समापन गरिएको छ । श्रृजना महिला समूह गढवाकी अध्यक्ष निता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् न्यायिक समिति सदस्य रेखा थापाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि शारदा कुमारी चौधरीले ढकिया बुनाई तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न सक्ने भएकाले लगनशिल तरिकाले सवैलाई सिप सिक्न आग्रह गर्दै तालिम पश्चात सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । साथै पछिल्लो समयमा ढकियाको माग देश विदेशमा समेत अत्यधिक भएकाले यस्ता तालिमहरु बाट सिप सिकेर व्यवहारमा लागु गर्न सके राम्रो आम्दानी गर्न सकिने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी तथा गढवा गाउँपालिकाका न्यायिक समिति सदस्य रेखा थापाले गढवा गाउँपालिका बाट यस्ता सिप मुलक तालिम समय समयमा आयोजना गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो। सिपमुलक तालिमबाट यस क्षेत्रमा दक्ष जनसक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउदै आफुले सिकेका कुरा व्यवहारमा प्रयोग गर्न आग्रह समेत गर्नु भयो । जनजाति विपन्न परिवारका ३० जना महिलाहरुलाइ एक महिने ढकिया बुनाई तालिम दिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर २ र ३ का महिलाहरुलाई २०७९ मङ्सिर २८ गतेदेखि २०७९ पौष २८ गतेसम्म एक महिने ढकिया बुनाई तालिम दिइएको हो ढकिया बुनाई तालिम लुम्बिनी प्रदेश सरकारको तराई मधेस समृद्धी कार्यक्रम अन्तर्गतको उक्त तालिममा थारु समुदायका ३० जना महिलाहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा दुर्गा कुमारी चौधरी र गिता चौधरी रहनु भएको थियो।
त्यस्तै समापन कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर – २ का वडा सदस्य राधेश्याम थारु कुमाल, गढवा उद्योग बाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोख्रेल, गढवा गाउँपालिकाका वडा सदस्य मानु कुमाल, गढवा गाउँपालिकाका प्रेस संयोजक तथा गणतन्त्र नेपाल डटकमका कार्यकारी सम्पादक उमानाथ यादव (आलोक भावुक) लगाएतकाको उपस्थिति रहेको थियो। समापन कार्यक्रमको सहजिकरण पत्रकार शिवराज पन्थीले गर्नुभएको थियो।

