
Csb
Gsb
gis
Ssb
mss
Rsb
Ppu

Ssb
Tsb

Rgu
Nps
कपिलवस्तु । कपिलवस्तुमा प्रधानाध्यपकको कुटाईबाट एक शिक्षक घाइते भएका छन । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ६ रगंपुरमा रहेको बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट शिक्षक अखलेश गुप्ता घाइते भएका हुन । तलब लेनदेनको विषयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
उक्त घटना पुस २४ गते आइतबार भएको हो । शिक्षक गुप्ताको आँखामा गम्भीर चोट लागेको थियो । प्रधानाध्यपकको कुटाईबाट घाइते भएका अखलेश गुप्ता विद्यालय नजिकै रहेको रहेको प्रहरी चौकी रगंपुरमा गएका थिए । प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट घाइते भएका शिक्षकको आफन्तहरुले प्रहरी चौकी रगंपुर घेराउ गरेका थिए । प्रहरी चौकी रंगपुरले कुटपिट गर्ने प्रधानाध्यपकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाएको प्रहरी चौकी रगंपुर इन्चार्ज तोक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय तौलिहवाले पक्राउ परेका प्रधानाध्यपक पाण्डेलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाएको जिल्ला प्रहरी नायब उपरिक्षक मिन बहादुर घले बताउनुभयो । घटनाको छानविन तथा अनुसान्धान जारी राखेको नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो । घाइते शिक्षकको उपचार भैहरको छ । प्रधानाध्यपकलाई कुटपिट गर्ने फरार । पुस २० गते कपिलवस्तुकोे कृष्णनगर नगरपालिका ७ स्थित माध्यमिक विद्यालय अजिगराका प्रधानाध्यपक राधेकृष्ण शार्मा माथि कुटपिट गर्ने अन्नपुर्ण मिश्रा अझैसम्म फरार छन् ।
एकोछ विद्यालयका पुर्व प्रधनाध्यपक परिपूर्णानन्द मिश्रको कान्छो भाई अन्नपुर्ण मिश्राले प्रधानाध्यपक शर्मा माथि कुटपिट गरी फरार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
त्यस्तै कृष्णनगर नगरपालिकाले राहत शिक्षक परिपूर्णानन्द मिश्रलाई प्रधानाध्यकको जिम्मेवारीबाट हटाएको थियो। नगरपालिकाले केही दिन पहिले माध्यमिक बिद्यालय अजिगराको प्रधानाध्यपक पदको जिम्मेवारी राधेकृष्ण शर्मालाई दिएको थियो । माध्यमिक विद्यालय स्थायी शिक्षकको रुपमा कार्यरत शर्मालाई नगरपालिकाले प्रधानाध्यपकको रुपमा कामकाज गर्न निर्देशन दिएपछी अन्नपुर्ण मिश्राले कुटपिट गरेका थिए । नव नियुक्त प्रधनाध्यपक राधेकृष्ण शर्मा विद्यालय प्रवेशमा रोक लगाउने नियतले कुटपिट तथा हातपात गरेको स्थानिय कमलेश गुप्ताले जानकारी दिनुभयो ।
