
cjs
Pbu
Rgp
Lnp
pku
sbs
Rgp1
Djs
Sgr
Ggp
Gfs
Srbpu
Unsku
Pes

Wsp
Ssm
Rgu
Rgu
Rsb
nsb
Vor
Gst
Sbs
Tsm
Ksm
Bbbpu
Sls
Pvg
Hal
Bbu
Rgs
Asm
Ggd

bbt
Abd
Jmb
Ptm
Rmb
Gsb
sab
Syp
Pls
Jmb
Rpp
Mks
Bml
कपिलवस्तु । कपिलवस्तुमा प्रधानाध्यपकको कुटाईबाट एक शिक्षक घाइते भएका छन । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ६ रगंपुरमा रहेको बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट शिक्षक अखलेश गुप्ता घाइते भएका हुन । तलब लेनदेनको विषयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
उक्त घटना पुस २४ गते आइतबार भएको हो । शिक्षक गुप्ताको आँखामा गम्भीर चोट लागेको थियो । प्रधानाध्यपकको कुटाईबाट घाइते भएका अखलेश गुप्ता विद्यालय नजिकै रहेको रहेको प्रहरी चौकी रगंपुरमा गएका थिए । प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट घाइते भएका शिक्षकको आफन्तहरुले प्रहरी चौकी रगंपुर घेराउ गरेका थिए । प्रहरी चौकी रंगपुरले कुटपिट गर्ने प्रधानाध्यपकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाएको प्रहरी चौकी रगंपुर इन्चार्ज तोक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय तौलिहवाले पक्राउ परेका प्रधानाध्यपक पाण्डेलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अघि बढाएको जिल्ला प्रहरी नायब उपरिक्षक मिन बहादुर घले बताउनुभयो । घटनाको छानविन तथा अनुसान्धान जारी राखेको नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो । घाइते शिक्षकको उपचार भैहरको छ । प्रधानाध्यपकलाई कुटपिट गर्ने फरार । पुस २० गते कपिलवस्तुकोे कृष्णनगर नगरपालिका ७ स्थित माध्यमिक विद्यालय अजिगराका प्रधानाध्यपक राधेकृष्ण शार्मा माथि कुटपिट गर्ने अन्नपुर्ण मिश्रा अझैसम्म फरार छन् ।
एकोछ विद्यालयका पुर्व प्रधनाध्यपक परिपूर्णानन्द मिश्रको कान्छो भाई अन्नपुर्ण मिश्राले प्रधानाध्यपक शर्मा माथि कुटपिट गरी फरार भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
त्यस्तै कृष्णनगर नगरपालिकाले राहत शिक्षक परिपूर्णानन्द मिश्रलाई प्रधानाध्यकको जिम्मेवारीबाट हटाएको थियो। नगरपालिकाले केही दिन पहिले माध्यमिक बिद्यालय अजिगराको प्रधानाध्यपक पदको जिम्मेवारी राधेकृष्ण शर्मालाई दिएको थियो । माध्यमिक विद्यालय स्थायी शिक्षकको रुपमा कार्यरत शर्मालाई नगरपालिकाले प्रधानाध्यपकको रुपमा कामकाज गर्न निर्देशन दिएपछी अन्नपुर्ण मिश्राले कुटपिट गरेका थिए । नव नियुक्त प्रधनाध्यपक राधेकृष्ण शर्मा विद्यालय प्रवेशमा रोक लगाउने नियतले कुटपिट तथा हातपात गरेको स्थानिय कमलेश गुप्ताले जानकारी दिनुभयो ।
