
Unsku
Srbpu
sbs
Pbu
Pes
pku
Djs
Lnp
Rgp1
cjs
Rgp
Ggp
Sgr
Gfs

Wsp
Asm
Bbbpu
Hal
Gst
nsb
Rsb
Sls
Pvg
Tsm
Ksm
Sbs
Rgs
Bbu
Rgu
Ggd
Rgu
Ssm
Vor

Bml
Gsb
Rmb
Jmb
Ptm
Jmb
Pls
Mks
Rpp
Syp
sab
bbt
Abd
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ।
मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो ।”गढवा गाउँपालिका वडा – ५ का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा नि:शुल्क साइकल वितरण कार्यक्रम सम्पन्न भएको हो।
नि:शुल्क साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले क्रियटिङ पोसिबिलिटिज नेपालले गरेको कामहरु सरहनिय भएको बताउनु भयो। सिपी नेपालको कार्य गर्ने शैली तरिका एकदम फरक र तेज गतिमा भएको भन्दै तारिफ गर्नु भयो। बिपद लगायतको काम सब भन्दा पहिले पालिका संग समन्वय गरेर नागरिको दुख सुखमा हातोमालो गरिरहेको बताउदै साइकल वितरण कार्यपनि उत्तिकै सरहनिय काम भएको बताउनुभयो। साइकल बाट विध्यालय बाट घर आवतजावत गर्न सहज हुने र पढाईमा थप सहयोग पुग्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापाले २०६४ साल देखी आज सम्म समाजमा सहयोग गर्दै आउनु र स्थापित हुनु चानचुने कुरा नभएको बताउनुभयो। सिपिले सुरुको समयमा काम गर्दा ठुलो चुनौती रहे पनि अहिले सफल भएको बताउनुभयो । सिपिले शिक्षा स्वास्थ्य क्षेत्रमा गरेको कामको जति तारिफ गरेपनि कम हुने बताउदै सिपि नेपालले गरेको काममा फीनिसिङ सुन्दर रहेको बताउदै आफु अत्यन्त प्रभावित भएको बताउनु भयो । वडाबाट हुने सम्पूर्ण सहयोग गर्ने आश्वासन समेत वडाध्यक्ष थापाले दिनु भयो ।
२०६५ सालमा साविकको गंगाप्रसपुर गाबिसबाट २० जनाबाट सुरुवात भएको संस्था हाल पाँचसय भन्दा बढीको संख्यामा संस्थामा आबद्ध भएको बताएको विद्यार्थी संयोजक दिपा चौधरीले जानकारी दिनु भयो । संस्थाले शिक्षा,स्वास्थ्य र महिला शसक्त्तिकरण को पक्षमा निरन्तर काम गरिरहेको संयोजक चौधरीले बताउनुभयो। २०१२ सखल देखि नै बाल विवाह र बाल मजदुर न्युनिकरणका लागि साइकल वितरण कार्य शुभारम्भ गरिएको संयोजक चौधरीले जानकारी दिनु भयो।
कक्षा सातदेखि माथीका विद्यार्थीहरुको पढाईलाई मध्यनजर गर्दै साइकल वितरण कार्यको सुरुवात गरिएको स्क्रिनिङ पोसिबिलिटिज नेपालले जनाएको छ । संस्थाले हालसम्म १२ सय ३१ थान साइकल वितरण गरिसकेको जनाएको छ । जसमध्ये बुधबार १६८ वोटा उद्धमी महिला र १ हजार ६३ वोटा साइकल विद्यार्थीहरुलाई वितरण गरिने बताएको छ । गरिब,अति बिपन्न,जेहेन्दार र विद्यालय देखि घर सम्मको दुरी टाढा रहेका बिद्यार्थि र आमा समुहमा रहेका उद्यमी महिलाहरुलाई व्यवसायिक प्रोत्साहनका लागि नि:शुल्क साइकल वितरण गरिएको सिपी नेपालका विध्यार्थी संयोजक हेमराज शर्माले बताउनुभयो।
नयाँ साइकल पाएपछि खुसीले गदगद भएको विद्यार्थी मुगा बुढा मगर बताउनु भयो। घरबाट पैदल हिडेर विद्यालय आउँदा र जाँदा निकै दुख पाएको सुनाउदै साइकल नहुँदा समयमा विद्यालय पुग्न नसक्ने र घर पुग्न समेत अबेर हुने गरेको विद्यार्थी मगरले बताउनु भयो। मुगा बुढा मगर जस्तै अन्य थुप्रै विद्यार्थीहरुले साइकल नभएकै कारण स्कुल जान नमान्ने तथा समयमा विद्यालय पुग्न नसक्ने समस्या रहेको थियो ।
सिपी नेपालले विद्यार्थीहरूलाई पढाइ प्रति थप आकर्षित गर्न साइकल वितरण गर्ने गरेको बिध्यार्थी संयोजक हेमराज शर्माले बताउनुभयो । २०६४ सालमा दाङको गढवा गाउँपालिकामा सिपी नेपालले शाखा स्थापना गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । हाल राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको सिपी नेपालले आवश्यकताको आधारमा भवन निमार्ण गर्ने देखि लिएर महिला शसक्तिकरणका लागि पनि काम गर्दै आइरहेको सिपी नेपालका विद्यार्थी संयोजक शर्माले जानकारी दिनु भयो ।
त्यस्तै २० जना पुर्व कम्लहरीबाट काम सुरुवात गरेको सिपी नेपालले ५६ ओटा आमा समुह गठन गरि १ हजार बढी सदस्य विस्तार गरेको छ । भने हाल ३ वटै पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ८ सय भन्दा बढी साइकल वितरण गरिसकिएको सिपी नेपालकी विद्यार्थी संयोजक शर्माले बताउनु भयो । सिपि नेपालका विद्यार्थी संयोजक दिपा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला संयोजक सरिता चौधरीले गर्नु भएको थियो ।
