
Sgr
Djs
sbs
pku
Rgp
Srbpu
Ggp
Rgp1
Gfs
cjs
Unsku
Pbu
Pes
Lnp

Pvg
nsb
Rgu
Ksm
Asm
Wsp
Ggd
Sbs
Tsm
Sls
Vor
Gst
Rgu
Bbu
Ssm
Hal
Rgs
Rsb
Bbbpu

bbt
Ptm
Syp
Abd
Mks
sab
Jmb
Pls
Rpp
Bml
Gsb
Rmb
Jmb
रुपन्देही । लियो क्लब अफ लर्ड बुद्धले रुपन्देहीको देवदहमा म्याराथन प्रतियिगिता आयोजना गर्ने भएको छ।
देवदह ५ स्थित ओस्टिल क्याफेमा आज पत्रकार सम्मेलनको आयोजना गरि यहि आउदो माघ १४ गते देवदह म्याराथनको छैठौं संस्करण “देवदह म्याराथन २०७९” आयोजना गर्ने जानकारी गराएको हो।
देवदहमा भएका धार्मिक तथा पुरातात्वित्क महत्व बोकेका पर्यटकिय स्थलहरुको प्रचार प्रसारसगै युवाहरूलाई खेलकुद मार्फत देवदहको समृद्धिको अभियानमा लाग्न प्रेरित गर्न र पर्यटन स्थलको प्रवर्धनको लागि पूर्वाधार निर्माण तर्फ सरोकारवाला निकायहरुको ध्यान केन्द्रित गर्न, यो कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष राहुलदेव सापकोटाले बताउनुभयो। आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५ लाख १५ हजार रुपैया खर्च लाग्ने अनुमान गरेको जनाएको छ।
साथै प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय पुरुष र महिलालाई पुरस्कार स्वरुप नगद रु २५ हजार, १५ हजार, १० हजार र साथमा मेडल, सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताको संयोजक विवेक कार्कीले बताउनुभयो।
लियो क्लब अफ लर्ड बुद्धको अध्यक्ष लियो राहुल देव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष देपेश मल्ल, पुर्व अध्यक्षहरु गोपाल पाण्डे, कमल ज्ञवाली, सन्दिप तिवारी,क्लबका उपाध्यक्ष प्रदिप पाण्डे,सचिब अनिस पोखरेल लगाएत क्लबका सदस्य र पत्रकारहरुको उपस्तिथि रहेको थियो। लियो क्लब अफ लर्ड बुद्धले, यो भन्दा अघि वि. सं. २०७२ साल देखि नै म्याराथन प्रतियोगिता संचालन गर्दै आइरहेको छ।
