
Sgr
Rgp1
cjs
Rgp
Gfs
Pbu
Unsku
Ggp
Pes
sbs
Srbpu
pku
Djs
Lnp

Ksm
Rsb
Sbs
Bbbpu
Asm
Tsm
Rgs
Hal
Pvg
Rgu
Ssm
Ggd
Wsp
nsb
Gst
Rgu
Vor
Bbu
Sls

Mks
Syp
Gsb
Jmb
bbt
Rmb
Abd
Ptm
Rpp
sab
Pls
Bml
Jmb
दाङ । गढवा होटल ब्यवसायि संघको पाँचौं बार्षिकोत्सव तथा साधारणसभा शनिवार गढवा १ को कुलपानी पार्कमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै गढवा गाउँपालिकाका प्रमुख पोखे्रलले ब्यवसायिहरुले इमान्दारिता साथ स्थानीय सरकारलाई कर बुझाउन आग्रह गर्दै ब्यवसायिहरुले बुझाएको करको केहि प्रतिशत रकम ब्यवसायिक सुरक्षामा प्रयोग गर्ने गाउँपालिकाको आगामी कार्ययोजना रहेको बताउनुभयो ।
देशमा उत्पन्न आर्थीक संकटका कारण ब्यवसायिहरुमा समस्या परिरहेको कुरा स्थानीय सरकारले बुझेको र यसको समाधान गर्न सरोकारवालाहरु समेतको उपस्थितिमा योजना बनाएर कार्यान्वयन गर्न पहल गरिने बताउनुभयो । प्रदेश राजधानी कार्यान्वयन हुदै गरेको अवस्थामा यस क्षेत्रका होटल ब्यवसायिहरुले गुणस्तरीय सेवा संचालन गर्न जरुरी रहेको पोख्रेलले बताउनुभयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष ओमप्रकाश बस्यालले ब्यवसायिहरु आर्थिक संकटमा परि पलायनताको स्थितिमा रहेको बिषयमा स्थानीय सरकारको ध्यान जानुपर्ने बताउनुभयो । बैंकर्सहरुको चर्को ब्याजदर र नेपाल राष्ट्रबैंकले जारी गरेको चालुपूँजी निर्देशिकाको बिरुद्धमा यत्तिबेला देशब्यापी रुपमा उद्योग बाणिज्य संघहरुले आन्दोलन गरिरहेको बिषय प्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने उपाध्यक्ष बस्यालले बताउनुभयो ।
कार्यक्रममा होटल ब्यवसायि महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष दिपेन्द्र पुन,सहसचिव तथा भालुवाङ होटल ब्यवसायि संघका अध्यक्ष महेश बेल्वासे,देउखुरी होटल ब्यवसायि संघ लमहीका निवर्तमान अध्यक्ष हेमन्त पाण्डे,दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, दलित शसक्तिकरणका चन्द्रबहादुर नेपाली राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओली,सुचना संचार अधिकृत शरद रेग्मी लगायतले वार्षिकोत्सव कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव तिलक पुनले संस्थागत प्रतिवेदन तथा आगामी कार्ययोजना र कोषाध्यक्ष दुखराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बार्षिकोत्सव तथा साधारणस भाको पुर्वसन्ध्यामा शनिवार बिहान पञ्चेबाजा सहितको झाँकीले गढवा बजारमा प्रदर्शन गरिएको संघका अध्यक्ष दयारामक थापाले जानकारी दिनुभयो । संघका सदस्य टोपलाल सुवेदी सागरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव तिलक पुनले गर्नुभएको थियो । कार्यक्रममा होटल ब्यवसायि संघलाई बिभिन्न समयमा बिभिन्न कोणबाट सहयोग गर्दे आएका प्राइम इण्टरनेशनल प्राली, यती तथा गोर्खा बु्रअरी प्राली, जिजिआई डिष्ट्रिब्यूटर्स प्राली, कोष्टा टे«डिङ,नेचुरल स्पिरिट्स, खनाल लिकर्स, प्रशान्त मदिरा सप्लायर्स, पंकज मदिरा सप्लायर्स, थापा इण्टरप्राइजेज, संगिता सप्लायर्स,चौधरी टे«डर्स र लक्ष्मि चाउमिन उद्योग गरि १४ वटा ब्यवसायिहलाई सम्मान गरिएको थियो ।

