
Rgp1
sbs
Gfs
Pbu
Pes
Ggp
Lnp
Sgr
Djs
Unsku
Srbpu
Rgp
pku
cjs

Gst
Rgs
Ssm
Pvg
Wsp
Ggd
Tsm
Bbbpu
Rgu
Ksm
Rgu
Sls
Sbs
Bbu
Rsb
Hal
nsb
Vor
Asm

Jmb
bbt
Gsb
Pls
Syp
Jmb
Rpp
Ptm
Bml
Abd
Rmb
Mks
sab
प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र भवनको शिल्यान्यास गरेको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि झिमरुक गाउँपालिका वडा नं. ५ रिपापाखा सेवा केन्द्र नजिक निर्माण हुन लागेको चिस्यान केन्द्रको शिल्यान्यास झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीले गरेका हुन ।
चिस्यान केन्द्रको शिल्यान्यास गर्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भने, ‘निर्माण सम्पन्न भएपछि स्थानीय कृषकले आफुले उत्पादित बस्तुहरुलाई सुरक्षित किसिमले स्टोर गर्न सक्ने छन् ‘। हाम्रो क्षेत्र कृषि र फलफुलको पकेट क्षेत्र भएकोले उत्पादित मौसमी, सुन्तला र आलु लाई स्टोरमा भण्डारन गरेर लामो समय टिकाइ राख्न झिमरुक बासी किसानहरुलाई सहज र फाइदा पुग्ने अध्यक्ष महतरा क्षेत्रीले बताए ।
त्यस्तै कृषकले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल खेतीलाई उचित ब्यवस्थापन गर्न सकिने उपाध्यक्ष प्रमोद पोख्रेलले बताए । निर्माणको काम समयमै सम्पन्न गर्न र डिजाइन र लागत अनुसार कार्य गर्न निर्माण कम्पनीलाई उपाध्यक्ष पोख्रेलले सुझाव दिए।
बहुवर्षिय आयोजनाको रुपमा निर्माण हुन लागेको कोल्ड स्टोरको कुल लागत २ करोड १४ लाख रहेको प्राविधिक नगेन्द्र आचार्यले बताए । अघिल्लो आ.ब. सम्झौता गरिएको आयोजनाको आ.ब.२०७९/०८० को जेठ मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ । रविना जुगल इभिना जेभिले निर्माण कम्पनीले जिम्मा लिएर आजबाट निर्माण कार्य सुरु गर्दैछ।
यस्तै कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, लेखा अधिकृत पिताम्बर मरासिनी प्राविधिक निर्माण ब्यवसायी स्थानीय बासीको उपस्तिथि रहेको थियो ।
