
Srbpu
Rgp1
pku
Djs
Rgp
Lnp
Unsku
Sgr
Gfs
Pes
Ggp
sbs
Pbu
cjs

Rsb
Asm
Sls
Tsm
Bbu
Ksm
Hal
Ggd
Pvg
Rgs
Gst
Rgu
Wsp
Rgu
Ssm
Sbs
Vor
Bbbpu
nsb

Bml
Jmb
Rmb
Syp
Abd
Jmb
Mks
Ptm
sab
bbt
Pls
Gsb
Rpp
दाङ । तीनवटा गाउँपालिकाले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खननको अनुमति पाएका छन् ।
वातावरण प्रभाव मूल्यांकन भएका गढवा, राप्ती र राजपुर गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका हुन् । गाउँपालिकाले वातावरण प्रभाव मूल्यांकन गरेपछि जिल्ला समन्वय समितिले अनुगमन गरेर राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिमा सिफारिस गरेका तीनवटा गाउँपालिकालाई अनुमति मिलेको छ । राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिले गढवा, राप्ती र राजपुर गाउँपालिकालाई पुस १९ गते मंगलबार अनुमति दिइसकेको जिल्ला समन्वय समिति दाङले जनाएको छ ।
जिल्ला समन्वय समिति दाङमा वातावरण प्रभाव मूल्यांकन भएर फाइल आएका तीनैवटा पालिकाले अनुमति पाइसकेको जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिएका छन् । ‘तीनवटा पालिकाबाट आइइइ भएर आएको हो । तीनैवटाले चुरेबाट पनि अनुमति पाए’– उनले भने– ‘अन्य पालिकाबाट फाइल आएको छैन ।’ स्थानीय तहले वातावरण प्रभाव मूल्याङ्कन गरेपछि जिल्ला समन्वय समितिले अनुगमन गर्ने र अनुगमनमा नियमसंगत देखेपछि राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिलाई सिफारिस गर्ने प्रावधान छ । राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिले अनुगमन गरेर अनुमति दिएपछि मात्रै ठेक्का टेण्डरमा जाने प्रक्रिया रहेको बताइएको छ ।
राष्ट्रपति चुरे तराई मधेश विकास सञ्चालन समितिले अनुमति दिएको विवरण हेर्दा राजपुर, राप्ती र गढवा गाउँपालिकामा पाँच लाख ३७ हजार छ सय ३३ दशमलव पाँच घनमिटर उत्खननको अनुमति छ । जसमा सबैभन्दा धेरै गढवा गाउँपालिकामा तीन लाख ५२ हजार चार सय २१, त्यसपछि राजपुर गाउँपालिकामा एक लाख तीन हजार सात सय ९४ र राप्ती गाउँपालिकामा ८१ हजार चार सय १८ घनमिटर नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खननको अनुमति दिइएको छ । नदीजन्य पदार्थ उत्खननका लागि २०७७ साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ जारी गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले पनि प्रदेश वित्त व्यवस्थापन ऐन २०७५ को दफा ९९० र प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धी ऐन २०७५ को दफा १५ को उपदफा ९५० ले दिएको अधिकार प्रयोग गरी नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ जारी गरेको छ ।
कहाँ कति उत्खनन ?
जिल्ला समन्वय समिति दाङले दिएको जानकारी अनुसार देउखुरीको राजपुर गाउँपालिकाभित्र एक लाख तीन हजार सात सय ९४ घन मिटर नदीजन्य पदार्थ ९ढुंगा, बालुवा, ग्राभेल उत्खननको अनुमति दिइएको छ । जस अनुसार राप्ती नदीको असानी, फोहोरा र खरदरियाबाट निश्चित क्षेत्र तोकेर बढीमा ९० सेन्टीमिटर गहिराइसम्म खन्न मिल्ने गरी ३४ हजार छ सय ६८ घनमिटर ग्राभेल र बालुवा उत्खननको अनुमति दिइएको छ । मरारीखोला, मुग्रेठा खोला, गंगदी खोला र झुर्रा खोलाबाट निश्चित क्षेत्र तोकेर २१ हजार घनमिटर ६० सेन्टिमिटरदेखि ९० सेन्टिमिटर गहिराइसम्म उत्खननको अनुमति दिइएको छ । त्यसैगरी गुरुङखोलाको उपल्लो र तल्लो घाट, हरही खोला र राप्ती नदीको निश्चित क्षेत्र तोकेर ६० देखि ९० सेन्टिमिटर गहिराइ खन्न मिल्ने गरी ४८ हजार नौ सय २६ घनमिटर ढुंगा, बालुवा, ग्राभेल उत्खननको अनुमति दिइएको छ ।
त्यसैगरी राप्ती गाउँपालिका भित्र राप्ती नदीमा ८१ हजार चार सय १८ दशमलव ५ घन मिटर नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खननको अनुमति दिइएको छ । जस अनुसार राप्ती नदीको तीनसिमाना बगर क्षेत्रबाट १५ हजार एक सय २०, कठाहाघाट बगर क्षेत्रबाट १८ हजार सात सय ३८ खुरुरियाघाट बगर क्षेत्रबाट ११ हजार आठ सय २६, बगरापुर घाट बगर क्षेत्रबाट पाँच हजार एक सय ९७ दशमलव ५ घनमिटर बढीमा एक मिटर गहिराइसम्म खन्न पाउने गरी निश्चित स्थान तोकेर अनुमति दिइएको छ । बसन्तपुरघाट बगर क्षेत्रबाट निश्चित ठाउँ तोकेर बढीमा ८० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न मिल्ने गरी ३० हजार छ सय १८ घन मिटरको अनुमति दिइएको छ ।
त्यस्तै सबैभन्दा बढी उत्खनन गर्ने अनुमति पाएको गढवा गाउँपालिकाभित्र राप्ती नदी र रङसिङ खोलामा गरी जम्मा तीन लाख ५२ हजार चार सय २१ घनमिटर नदीजन्य पदार्थ ९ढुंगा, गिट्टी, बालुवा० उत्खननको अनुमति दिइएको छ । जसमा राप्ती नदी क्षेत्रबाट तीन लाख २२ हजार चार सय २१ र रङसिङ खोलाबाट ३० हजार घनमिटर उत्खननको अनुमति दिइएको छ । गढवामा राप्ती नदीबाट रतनपुर बगर क्षेत्रबाट बढीमा ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी निश्चित क्षेत्र तोकेर १७ हजार ४ सय ४२ घनमिटर उत्खननको अनुमति दिइएको छ ।
खडकपुर बगरक्षेत्र १ मा ८० सेन्टिमिटर गहिराइसम्म खन्न पाउने गरी निश्चित क्षेत्र तोकेर १० हजार एक सय आठ र खडकपुर बगर क्षेत्र २ बाट ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी छ हजार दुई सय ७७ घनमिटरको उत्खनन अनुमति दिइएको छ । धरमपुरघाट बगर क्षेत्रलाई चार तहमा बाँडेर निश्चित क्षेत्र तोकी ९५ सेन्टिमिटर गहिराइसम्म एकमा ११ हजार सात सय ९९, दुईमा नौ हजार सात सय ९८, तीनमा एक मिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी निश्चित क्षेत्र तोकेर चार हजार नौ सय ७६ र चारमा ९० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी छ हजार पाँच सय २८ घनमिटर उत्खननको अनुमति दिइएको छ । झारबैरा घाटको बगर क्षेत्र १ मा आठ हजार एक सय ६० र बगर क्षेत्र दुईमा चार हजार पाँच सय घनमिटर बढीमा ८५ सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न मिल्ने गरी अनुमति दिइएको छ ।
त्यसैगरी रङसिङ राप्ती दोभानदेखि मलमला घाटसम्म ७० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी ५७ हजार चार सय ५६ घनमिटर, मलमला घाटदेखि बनघुस्री घाटसम्म ६५ सेन्टिमिटर गहिराइसम्म खन्न पाउने गरी ४१ हजार तीन सय ९४ घन मिटर, माथिल्लो बडहरादेखि तल्लो बडहरासम्म ८० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी ५३ हजार तीन सय ५८ घनमिटर, पत्रिंगादेखि जेठानगाउँसम्म ७० सेन्टिमिटर गहिराइसम्म पाउने गरी ३६ हजार छ सय ५० र पचहियादेखि महदेवा पुलमाथिसम्म ६५ सेन्टिमिटर गहिराइसम्म पाउने गरी ५४ हजार ५४ घनमिटर उत्खननको अनुमति दिइएको छ । रङसिङ खोलामा निश्चित क्षेत्र तोकेर ८० सेन्टिमिटर गहिराइसम्म उत्खनन गर्न पाउने गरी ३० हजार घनमिटर उत्खननको अनुमति दिइएको छ । नयाँ युगबाेधबाट साभार
