
Ggp
pku
Rgp
Lnp
Pbu
Srbpu
Rgp1
Sgr
Unsku

Rgu
nsb
Hal
Bbbpu
Tsm
Rgu
Sbs
Rgs
Ggd
Rsb
Vor
Ksm
Gst
Asm
Bbu
Ssm
Wsp
Sls
Pvg

Mks
bbt
Bml
Ptm
Jmb
Pls
Rmb
Syp
Rpp
Jmb
Gsb
Abd
sab
दाङ । कक्षा १२ का व्यवस्थापनमा अध्ययनरत सन्दिप पुन र अस्मित थापाले मंगलबार विद्यालयको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदर्शनीमा राख्नुभएको विद्यालयको डिजाईन गरिएको कागजको स्वरुप निकै आकर्षक थियो ।
आफुले अध्ययन गर्ने लमही ६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको सबै परिसरलाई समेटेर उत्कृष्ट ढंगले डिजाईन गरेर कार्यक्रममा आएकाहरुलाई देखाई रहेका थिए । गोरखा मोडेल सेकेन्डरी स्कुलले पाँचौं वार्षिकोत्सब, अभिभावक दिवस, तथा विज्ञान कला प्रदर्शनीमा सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत शिक्षा केसी, रेजिना आचार्य, सगुन चौधरी लगायतको टीमले बनाएको पेपर क्राफ्ट निकै राम्रा थिए । विभिन्न चित्रकलासँगै कागजबाट निर्मित बस्तु हेर्दा व्यवसायिक कलाकारले बनाएको भन्दा कम थिएन । सोही विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका विद्यार्थीले विज्ञानकलासँगै चित्रकला, सौर्यप्रणाली, वैकल्पिक उर्जाका डेमोहरु लगायत दर्जनौँ प्रदर्शनीमा राखेका थिए ।
गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका नगरप्रमुख जोखबहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सवमा विद्यार्थीहरुले आफ्ना कला पनि प्रस्तुत गरे । कार्यक्रममा नगरप्रमुख चौधरीले विद्यालय स्थापनाको छोटो समयमा अभिभावकहरुको मन जित्दै गुणस्तरीय शिक्षामा कटिवद्ध भएको विद्यालयले शैक्षिक क्षेत्रमा धेरै काम गर्न सफल भएको बताउनु भयो । गोरखा ग्रुपले जिल्लामा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका कारण अहिले थुप्रै बालबालिकाहरुले असल शिक्षा आर्जन गर्न सफल भएको बताउनु भयो ।
यस्तै गोरखा आइडियल स्कुल लालमटियाका प्रधानाध्यापक बसन्त बहादुर पुन मगरले अहिले लागूऔषध कोही कसैले प्रयोग गरेको थाहा पाउन किट परिक्षणबाट निकै सजिलो भएको हुँदा कसैले पनि ढाँट्न, छल्न नपाउने भन्दै संक्षिप्त लागूऔसत सम्बन्धि जानकारी दिनु भएको थियो ।
कार्यक्रममा शैक्षिक वर्ष २०७८ मा कक्षागत रुपमा उत्कृष्ट भएका कक्षा नर्सरीबाट ज्योति केसी, एलकेजीबाट समृद्धि केसी, युकेजीबाट सुभानी पोख्रेल, एकबाट विमर्श ढकाल, दुईबाट श्रीया पौडेल, तीनबाट आश्रीया खड्का, चारबाट आविष्कार पाण्डे, ओशिन चौधरी, पाँचबाट सुप्रिया जिएम, छ कक्षाबाट शिशिर गिरी, सातबाट आयुष सुवेदी, आठबाट अभिनय थारु, नौबाट विक्रान्त यादव, दशबाट असिम शर्मा, एघारमा व्यवस्थापन तर्फ विनित थापा, विज्ञान तर्फ शिष्टता शर्मा, कक्षा १२ बाट व्यवस्थापन तर्फ समिक्षा कवँर र विज्ञान तर्फ नवराज खनाल लगायतलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा विद्यालयको शैक्षिक गतिविधिका बारेमा स्कुलका प्रिन्सिपल लोकमान रिजालले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रिन्सिपल रिजालले विद्यालयमा हाल १ हजार ८२१ जना विद्यार्थीहरु अध्ययरत रहेको बताउनु भयो । स्थापनाकाल देखि नै विद्यालयलले शैक्षिक र खेलकुद क्षेत्रमा फड्को मार्दै आएको बताउँदै विद्यालयमा माध्यमिक शिक्षा पुरा गरेर बाहिर गएका विद्यार्थीहरुले निशुल्क छात्रावृत्ति प्राप्त गर्नुका साथै लोकसेवा आयोगमा समेत उत्कृष्ट नतिजा लिई नाम निकाल्न सफल भएको अवगत गराउनु भयो ।
कार्यक्रममा स्थानीय कला संस्कृति झल्कने भेषभूषासहितका नृत्य, अहिलेको परिवेश झल्काउने नाटक पनि प्रस्तुत गरिएको थियो । साथै वार्षिक उत्सवको अवसर पारेर स्कुलले मुखपत्र गोरखा कोशेली पनि विमोचन गरेको छ । विद्यालयका उपाध्यक्ष डोरबहादुर जिसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण शिक्षकद्वय प्रकाश वली र शिला रिजालले गरेका थिए । गोरखा ग्रुपले दाङका ४ स्थानमा विद्यालय संचालन गर्दै ९ हजार भन्दा बढी विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ ।
