
Sgr
Pbu
Rgp1
Srbpu
Lnp
Unsku
Rgp
pku
Ggp

Ssm
Bbbpu
nsb
Sls
Pvg
Rgu
Rsb
Ggd
Rgs
Asm
Bbu
Tsm
Wsp
Rgu
Gst
Hal
Ksm
Sbs
Vor

Gsb
Rpp
sab
Bml
Jmb
Jmb
Rmb
Mks
Syp
Ptm
Abd
bbt
Pls
दाङ । गढवा गाउँपालिकाले गढवा गाउँपालिका वडा नम्बर -८ कोइलाबास सिमानाकामा कोभिड – १९ हेल्थ डेस्क स्थापना गरेको छ।
गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड– १९)नयाँ भेरियन्टको संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो । गाउँपालिकाले स्वास्थ्य कार्यालय दाङसँगको समन्वयमा गढवा गाउँपालिकाको वडा नं ८ कोइलाबास सिमा नाकामा हेल्थ डेस्कको स्थापना गरेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनु भयो।
भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि मंगलवारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले बताउनुभयो । हेल्थ डेस्कमा हाललाई एकजना स्वास्थ्यकर्मी स्वास्थ्य चौकी कोइलाबास बाट खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने बताइएको छ। मंगलवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कोभिड – १९ हेल्थ डेस्क स्थापना गरिएको हो।
त्यस्तै हेल्थ डेक्सको स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कोरोनाको नयाँ भेरियन्ट बाट बच्न आ-आफ्नो स्थानबाट सावधानी अपनाउदै सजक रहन र सिमा नाका भएकोले नेपाल प्रवेश गर्ने सम्पूर्ण लाई अनिवार्य माक्स र तापक्रम नाप्न अनुरोध गर्नु भयो । स्वास्थ्य एकदमै संवेदनशील भएकोले लापरबाही नगर्न र भारतीय सुरक्षा कर्मीहरु संग पनि सहकार्य गरेर सिमा क्षेत्रमा कडाइ गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका प्रमुखहरु लाई अनुरोध गर्नु भयो ।
कोरोनाको पहिलो दोस्रो चरणमा एकदमै जटिल भए पनि हामीले सामना गरेको हुनाले यो नया भेरियन्ट नौलो नभएको बताउदै पुरानै परिस्थिति लाई सम्झेर जिम्मेवार तरिकाले सबैजना मिलेर लाग्न आवश्यक रहेको बताउनुभयो। नेपालमा नयाँ भेरियन्टको अवस्था भयावह नभएको बताउदै पुर्व तयारीमा लाग्न एकदमै आवश्यक रहेको बताउनुभयो। कोइलाबास सिमा नाका एकदमै संवेदनशील भएको र यहाँ दैनिक हजारौंको संख्यामा पर्यटक र यात्रु आउने भएकोले पुर्व तयारी नगर्दा एक्कै पटक समाल्न नसकिने भएकोले एकदमै सतर्क र सजग भएर लाग्नु पर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दले कोरोना संक्रमितहरुलाई लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगंज र लुम्बिनी अस्पताल बुटवल लाई मात्र कोभिड उपचारको लागि तोकेको जानकारी दिनु भयो। दाङमा कोरोना संक्रमण भएका बिरामीहरूलाई नेपालगंज अथवा बुटवल पठाउनु को बिकल्प नरहेको बताउनुभयो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लाई पनि कोरोना संक्रमित हरुको उपचार गर्नका लागि सुचिकृत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। साथे कोरोना भ्याक्सिनको बारेमा जानकारी दिनुभएको थियो।
त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका बामदेव शर्माले चाईनामा नयाँ भेरियन्टले खतराको संकेत गरेकोले हामी पनि समरमा सतर्क रहन आवश्यक रहेको बताउनुभयो। कोरोनाको अन्य भेरियन्ट भन्दा यो भेरियन्ट एकदमै छिटो सर्ने गरेको जानकारी दिनुभयो। दाङको एकदमै भिडभाड सिमा नाका भएकोले बिगतको झै यो पटक पनि कडाइका साथ सावधानी अपनाउनु पर्ने बताउनुभयो। पहिलेको झै स्वास्थ्य मापदण्ड अपनाएर अघि बढ्नु पर्ने बताउनुभयो। जनप्रतिनिधि र स्वास्थ्यकर्मीले मात्र केही गर्न नसक्ने बताउदै यो अभियानमा सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, बिभिन्न संघ संस्था सबैले हातेमालो गरेर कोरोना लाई जित्नुपर्ने बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका बामदेव शर्मा, शसस्त्र प्रहरी बलका देवीलाल गोतामी, जनपदका प्रमुख कुमार केसी, स्वास्थ्य लेखा अधिकृत केशव पाण्डे, स्वास्थ्य चौकी कोइलाबासकी प्रमुख तुला चौधरी, शान्ति पुनरस्थापना गृह कोइलाबासकि सिमा जिसि लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।
