तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, पुष १७, २०७९

दाङ । महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम शनिबार राप्ति गाउँपालिकामा सम्पन्न भएको छ ।क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राप्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले कार्यक्रमकाे बारेमा सहभागीहरुलाई प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा सिकलसेल एनिमियाको परिचय, लक्षण, परिक्षण, उपचार लगायतका बिषयमा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक तथा चिकित्सा निर्देशक डा. रमेश कंडेलले प्रशिक्षण दिनुभएको थियो । राप्ति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा राप्ति गाउँपालिकामा कार्यरत ५६ जना महिला स्वयंसेबिकाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण दिपा चौधरीले गर्नुभएको थियो ।

त्यस्तै यस संस्थाले क्यानडा स्थित युनिभर्सिटि अफ ब्रिटिश कोलम्बियाको सहयोगमा २०१५ देखि देउखुरीको राप्ति, गढवा र राजपुरमा सिकलसेल जाँचको स्वास्थ्य शिबिर, जनचेतना कार्यक्रमका गर्दै आईरहेको छ । साथै सिकलसेलको रगत परिक्षणमा सहयोग पुग्ने उदेश्यले स्वास्थ्य चौकीको सबलीकरणका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]