
Rgp
pku
Srbpu
Rgp1
Pbu
Unsku
Lnp
Sgr
Ggp

Wsp
nsb
Bbu
Pvg
Vor
Bbbpu
Rsb
Tsm
Sls
Asm
Rgu
Gst
Ggd
Sbs
Ksm
Rgs
Ssm
Hal
Rgu

bbt
Jmb
Rpp
Bml
sab
Mks
Jmb
Gsb
Syp
Pls
Rmb
Abd
Ptm
दाङ । मौरीघाँट(राप्ती उपत्यका) नामसालिङ सामुदायीक विकास केन्द्र दाङले कृषकहरुलाई विउ भण्डारणका लागि सामाग्री वितरण गरेको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकासँगको समन्वयमा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत बीउ भण्डारण थैली वितरण गरिएको हो । २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा २०७४ सालदेखि एकीकृत सामुदायीक विकास परियोजना मार्फत सामुदायीक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
त्यस्तै कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको कार्यक्रम संयोजक शशांक बाबु आचार्यले जानकारी दिनुभएको छ ।
परियोजना मार्फत राप्ती गाउँपालिकाका विभिन्न वडाहरुमा गठित कृषि समूहका ७५ जना सदस्य किसानहरुलाई बीउबीजनको उत्पादन उपरान्त प्रविधिमा सुधार ल्याई कृषि उत्पादनमा सहयोग गर्ने उदेश्यले बीउबीजन सुरक्षित भण्डारण गर्ने बीउ भण्डारण थैली प्रति परिवार २÷२ थानका दरले वितरण गरिएको छ । उक्त कार्यक्रममा संस्थाकी कृषि प्राविधिक धनकुमारी चौधरीले किसानहरुलाई बीउ भण्डारण थैली लाई सही तरिकाले प्रयोग गर्ने सम्बन्धी अभिमुखिकरण गर्नुभएको थियो ।
