
Amb
Gsbus
gms
Pbu
Ddhbs
Rbs
Jsbus
Csbus
Ratbs
Nssbus7
Bksbus5
Syees
syysr
Gsl
dsbus
Ssbus

Ssm
Pvg
Ggd
Tsm
Vor
nsb
Asm
Ksm
Rgu
Bbu
Rgu
Hal
Rsb
Sls
Bbbpu
Sbs
Gst
Wsp
Rgs

Syp
Mks
Abd
Gsb
Ptm
Jmb
bbt
sab
Pls
Rpp
Rmb
Jmb
Bml
“विभेद बाँकी नै छन् “(कविता)
समानता न्याय अनि संबृद्धिको सपना बोकी
निस्वार्थ रुपमा जीवनको बलिदान दिने तिमी
समानता न्याय अनि संबृद्धि कुण्ठित हुँदा
अझै कैयौँ विभेदमा बाँच्न विवश छन् यहाँ।
राष्ट्रको आमूल परिवर्तन हुनुपर्छ भन्ने तिमी
तिम्रो मर्म र भावना बुझ्नेको खडेरी पर्दा
व्यक्तिगत स्वार्थमै लिप्त झुन्डहरुकै बिचमा
अझै कैयौँ विभेदमा बाँच्न विवश छन् यहाँ।
लखन हुँदै कृष्णशेन सम्म आइपुग्दा पनि
कैयौँ सपनाहरु अझै अधुरै र अपुरै छन् यहाँ
समाजमा रोग भोक शोक र विभेद कायमै छन्
अझै कैयौँ विभेदमा बाँच्न विवश छन् यहाँ।
समानता न्याय अनि परिवर्तन खोज्दै देशमा
तिमी सहिद बन्दा देश र जनतनको लागि
अझै कैयौँ विकृतिहरु सल्वलाइरहेछन् देशमा
अझै कैयौँ विभेदमा बाँच्न विवश छन् देशमा।
अझै शिक्षा स्वास्थ्य अनि रोजगारीकै अभाव छन्
उचित सिपमूलक शिक्षा नपाउँदा देशमा युवायुवती
विदेशको खाडीमा तातो हावासँगै लड्न विवश छन्
अझै कैयौं जनहरु विभेदमा बाँच्न विवश छन् ।
त्यसैले जन्मभूमि तिमी अब यस्तो सन्तान जन्माऊ
जसले सहिदका बलिदानलाई असली रुपमा बुझोस्
साच्चिकै समाजमा समानता र न्याय बुन्न सकोस्
विडम्बना कैयौँ विभेदमा बाँच्न विवश छन् यहाँ।
तेजप्रसाद खनाल
लमही दाङ
