Sidha Patra सोमबार, मंसिर १२, २०७९

दाङ । दाङमा प्रतिनिधिसभा सदस्य तर्फ १४ हजार बढी मत बदर भएको छ । जिल्लाका तीन वटै क्षेत्रमा प्रतिनिधिसभा सदस्य तर्फ १४ हजार ७ सय ९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । जम्मा २ लाख ४८ हजार १ सय ३९ मत खसेकोमा ५.९२ प्रतिशत मत बदर भएको हो ।

जसमा क्षेत्र नं.१ मा १ लाख ३४ हजार ७ सय ३३ मतदाता रहेकोमा ७८ हजार २ सय ६७ मत खसेको थियो । जसमध्य ४ हजार ५ सय ८० मत बदर भएको थियो। जुनको ५.८५ प्रतिशत रहेको छ ।

त्यस्तै दाङ क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकोमा ७९ हजार ३ सय ३७ मत खसेको थियो । जसमध्य ४ हजार ७ सय ६ मत बदर भएको थियो । जुन ५.९३ प्रतिशत रहेको छ । यस्तै दाङ क्षेत्र नं.३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय ३५ मत खसेको थियो । जसमध्य ५ हजार ४ सय २३ मत बदर भएको थियो । जुनको ५.९९ प्रतिशत हो ।

प्रदेश सभा सदस्यमा करिब १२ हजार मत बदर त्यस्तै जिल्लाका ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा करिब १२ हजार मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार ११ हजार ८ सय ३३ मत बदर भएको थियो । जुन ४.७७ प्रतिशत रहेको छ । दाङमा ४ लाख १४ हजार ९ सय ५६ मत खसेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]