
Gmk
Rbs
Gisld
Sds
Mbdvs
Pbu
mbd
Ksm
Anm

Tsm
Rgu
Ksm
Vor
Rgu
Pvg
nsb
Sbs
Wsp
Bbbpu
Ggd
Rsb
Rgs
Sls
Ssm
Gst
Hal
Asm
Bbu

Gsb
Rmb
Ptm
sab
Abd
Bml
Mks
Jmb
Rpp
Pls
Syp
bbt
Jmb
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको ज्यान गएको छ भने २३ जना बेपत्ता भएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिनुभएक छ ।
मेयरका अनुसार दुई जनाको उद्धार भएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको मेयरले जानकारी दिनुभयो ।उहाँकाअनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् ।
अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ जानुभएको छ ।
उहाँ स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे जानुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनु भएको हो । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता रहेका छन् ।
