
Rgp1
Srbpu
pku
Ggp
Unsku
Rgp
Sgr
Pbu
Lnp

Sbs
Sls
Gst
Asm
nsb
Hal
Rsb
Ssm
Ggd
Bbbpu
Tsm
Rgu
Rgs
Rgu
Ksm
Bbu
Wsp
Vor
Pvg

Ptm
Syp
Gsb
Jmb
Jmb
Mks
bbt
Abd
Rmb
Pls
sab
Rpp
Bml
दाङ । घोराही उपमहानगरपालिकाकाे न्यायिक समितिले चालू आर्थिक वर्षकाे पहिलाे त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
न्यायीक समिति संयाेजक एवम् उपप्रमुख हुमा डिसीकाे अध्यक्षता तथा नगरप्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरि न्यायीक समितिले सम्पादन गरेकाे काम आज सार्वजनिक गरिएको हाे ।
साे अवसरमा संयाेजक डिसीले पहिलाे त्रैमासमा रहेका कुल ६१ विवाद मध्ये २२ विवादको मिलापत्र अन्तिम टुङ्गो लगाइएको छ भने ३९ वटा विवाद प्रकृयामा रहेकाे जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८-०७९ बाट जिम्मेवारी सरी आएका २१ विवाद मध्ये १२ विवादको मिलापत्र अन्तिम टुङ्गो लागेको तथा ९ वटा विवाद प्रकृयामा रहेकाे उहाँले बताउनुभयो ।
यस्तै,चालू आर्थिक वर्ष २०७९-०८० मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तर्गत पालनपोषण तथा हेरचाह नगरेको, ज्याला मजदुरी नदिएको समेत १५, दफा २ अन्तर्गत जग्गा विवाद, वातावरण प्रदुषण, गाली वेइजती समेत जम्मा ७ र अन्य मध्ये अधिकांश लेनदेन समेत १८ गरी जम्मा ४० विवाद दर्ता भएकोमा १० वटा विवादको मिलापत्र भई अन्तिम टुङ्गो लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार, दर्ता भएका विवादमध्ये अब ३० वटा विवाद प्रकृयामा रहेकाे जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा २१७ को उपधारा १ अनुरुप गठित भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ को उपधारा १ र २ को अधिकार क्षेत्रभित्र रही न्यायिक समितिले विभिन्न प्रकृतिका विवाद दर्ता तथा फछ्यौट गर्दै आएकाे छ । कार्यक्रममा संयाेजक डिसीले न्यायीक समितिमा आएका विवादलाई सकेसम्म अत्यधिक विवाद मिलापत्रकै विधिबाट निरुपण गर्ने र मिलापत्र हुन नसकेका तथा अधिकार क्षेत्रभित्र नपर्ने विवादलाई राय सल्लाह सहित माथिल्लो न्यायिक निकायमा जान सहजीकरण गर्ने काम हुदै आएकाे बताउनुभयो ।
साे अवसरमा,नगरप्रमुख चाैधरीले सामाजिक न्यायसहितकाे पालिका बनाउन न्यायीक समितिले खेल्दै आएकाे भुमिकाले सामाजिक सन्तुलन कायम भईरहेकाे बताउनुभयो । न्यायिक समितिले स-साना विवादलाई स्थानीय तहमै जनप्रतिनिधिको रोहवरमा मिलेसम्म मिलापत्रकै विधिबाट विवाद किनारा लगाउने कार्यलाई प्राथमिकतामा राखेकाे हुँदा नागरिककाे विश्वास पनि बढेकाे बताउनुभयो । न्यायीक समितिका अनुसार पछिल्लो समय मिटर व्याजका मुद्दा बढी रहेकाे छ भने जग्गा विवादका मुद्दा पनि बढ्दाे क्रममा रहेकाे छ ।
त्यस्तै न्यायीक समिति सदस्य मानबहादुर जिसीकाे स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनकाे सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गर्नुभएको थियाे ।
