
Asb
Lnp
Sgp
Ggp
Rgp
lnp
Jns
Rgp
Usb
Rgp
Lks
Dus
Rgp
Ggp
ksb

lms

दाङ । अबदेखि दाङमा मृगाैलाका बिरामीहरुले समयमै डायलाईसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे जरैदेखि अन्त्य भएकाे छ ।
देउखुरीकाे लमहीमा पहिलाे पटक जिल्ला दाङकै अत्याधुनिक सेवा-सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आए संगै समयमै डायलाइसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने समस्याकाे अन्त्य भएकाे हाे ।
राेटरी क्लब अफ लमहीले पहिलाे पटक देउखुरीकाे लमही स्थित राताे डाँडामा अत्याधुनिक सेवा-सुविधा सम्पन्न लमही सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएपछि दाङ संगै साविक राप्ती अञ्चलका नागरिकहरु समयमा डायलाइसिस गर्न नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ ।
जिल्लाकाे घाेराही,तुलसीपुर लगायत विभिन्न ठाउँमा डायलाइसिस सेन्टर भएता पनि मृगाैला पिडितहरु डायलाइसिसका लागि पालाे कुर्नु पर्ने वा टाढा जानुपर्ने बाध्यता रहेकाे थियाे । जिल्लाकाे कतिपय डायलाइसिस सेन्टरमा त झन् एक जना मृगाैला बिरामीकाे मृत्यु भएपछि मात्र पालाे आउने भन्दै फर्काउने गरेकाे समेत मृगाैला पिडितहरुले बताएका छन् ।
राेटरी इन्टरनेशनलकाे करिब ५ कराेडकाे लगानीमा स्थापना भएकाे लमही सामुदायिक डायलाइसिस सेन्टरमा दैनिक एक सिफ्टमा १० जना र दिनमा तीन सिफ्ट सञ्चालन गर्दा ३० जनाकाे डायलाइसिस गर्न सक्ने क्षमता रहेकाे लमही रोटरी क्लबका अध्यक्ष रबिलाल आचार्यले जानकारी दिनु भयो । लमही डायलाइसिस सेन्टरले नियमित ९० जना सम्मलाई सेवा दिन सक्ने क्षमता रहेकाे भएता पनि अहिले करिब ५० जनाले मात्र सेवा लिईरहेकाे क्लबका अध्यक्ष आचार्यले जानकारी दिनु भयो । लमही डायलाइसिस सेन्टर सञ्चालनमा आएपछि अब कुनैपनि बिरामी डायलाइसिस गराउन पालाे कुर्नु पर्ने र टाढा जानू पर्ने समस्याकाे अन्त्य भएकाे अध्यक्ष आचार्यले बताउनु भयो । नेपालकाे कुनैपनि जिल्ला तथा कुनाबाट सेवा लिन आएमा सहजै सेवा प्रदान समेत गरिने आचार्यकाे भनाई रहेको छ ।
लमही डायलाइसिस सेन्टरमा जिल्लाकाे घाेराही, तुलसीपुर,नारायणपुर,देउखुरी क्षेत्र, साविककाे राप्ती अञ्चलकाे प्यूठान,रुकुम, राेल्पा,सल्यान तथा अर्घाखाँची, कपिलबस्तु, बाँके,धनगढी र सुर्खेतबाट समेत मृगाैला पिडितहरुले सेवा लिइरहेकाे अध्यक्ष आचार्यले बताउनु भएको छ । सेन्टरले नेपाल सरकारकाे मापदण्डमा रहेर सबै प्रकारकाे सेवा सुबिधा समेत दिंदै आएकाे सेन्टरले जनाएको हो । लमही डायलाइसिस सेन्टर पश्चिम नेपालकाे बुटवलपछि साविक मध्य तथा सुदुर पश्चिमकै ठुलाे तथा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेन्टर रहेकाे क्लबका अध्यक्ष आचार्यकाे दाबी रहेकोे छ ।
सेन्टरमा अत्याधुनिक ल्याप टेस्टकाे व्यवस्था रहेकाे हुँदा स्वस्थ व्यक्तिले समेत आफ्नाे मृगाैला परिक्षणका लागि रगत तथा पिसाब चेकजाँच गर्न सक्ने सेन्टरले जनाएकाे छ । सेन्टरमा मेडिकल अफिसियर डाक्टर आषिस रेग्मीकाे नेतृत्वमा ११ जना स्वास्थ्यकर्मी हरुबाट समेत सेवा प्रदान गरिरहेकाे क्लबले जनाएकाे छ ।
एक जना मृगाैला बिरामीकाे एक पटक डायलाइसिस गर्न ४ घण्टा समय लाग्ने र नियमित हप्तामा दुई देखि तीन पटक सम्म डायलाइसिस गरिरहनु पर्ने सेन्टरका अफिसियर डाक्टर आषिस रेग्मीले जानकारी दिनु भयो ।
याे राेग खास गरी सुगर, प्रेसरका बिरामीहरुमा बढी मात्र देखिने भएकाे हुँदा त्यस्ता बिरामीले आर्काे मृगाैला प्रत्याराेपण गर्न नसक्नेहरुकाे हकमा यसरी नै मेसिन प्रयाेग गरेर नियमित डायलाइसिस गर्नु पर्ने डाक्टर रेग्मीकाे भनाई छ । यसरी नियमित डायलइसिस गर्ने बिरामीमा अन्य कुनै समस्या नदेखिएकाे खण्डमा १५/२० बर्ष भन्दा बढी समय सम्म मजाले बाँच्ने सम्भावना रहेकाे डाक्टर रेग्मीकाे भनाई रहेकोे छ ।
यता लमही सामुदायिक डायलाइसिस सेन्टरमा उपचार गराउन आएका बिरामीहरूले समेत सेन्टरले प्रदान गर्दै आएकाे सेवा सुविधामा सन्तुष्ट रहेकाे बताएका छन् । सेन्टरले एकदमै उत्कृष्ट सेवा दिएकाे छ,हामी यहाँकाे सेवाबाट एकदमै खुसी छाैं,’डायलाइसिस गराइरहेका बिरामीहरुले भने ।`
सरकारले पहिलाे चरणमा गरेकाे लकडाउनकाे समयमा लमही डायलाइसिस सेन्टरले टाढाबाट आउने बिरामीहरुलाई मध्यनजर गर्दै करिब तीन महिना सम्म १३ जना बिरामी र १३ जना बिरामीकाे १/१ जना करुवाहरु गरी २६ जनालाई विभिन्न संघ संस्था मनकारी व्यक्तिहरुकाे सहयाेगमा खाना र बस्ने व्यवस्था समेत गरेकाे थियाे-´भने तीन महिना सम्म बस्नका लागि देउखुरी उद्योग वाणिज्य संघ लमहीले निशुल्क रुपमा हलकाे व्यवस्था गरेकाे थियाे ।
साथै सेन्टरले निकट भबिष्यमा मुटुकाे उपचार समेत यही सेन्टरबाटै सेवा प्रदान गर्ने उदेश्यले जिल्लाका स्थानीय सरकार संग समन्वय तथा छलफल गरिरहेकाे क्लबका अध्यक्ष आचार्यले बताउनु भयो । राेटरी क्लब अफ सेन्ट्रल बुटवल तथा राेटरी क्लब अफ लमहीकाे सहयाेगमा गाैतम बुद्ध सामुदायिक संस्थाद्वारा स्थापना गरिएकाे लमही सामुदायिक डायलाइसिस सेन्टरकाे २०७६ माघ २९ गते प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पाेख्रेलले उद्घाटन गर्नु भएको थियो ।
