
Gst
Gsg
Unsku
Gmssl
Pbu
gst
Gipsg
Sebsg
Gipsg

Bbbpu
Sbs
Sls
Gst
Hal
Asm
Rgs
Pvg
Vor
Rsb
Ksm
Tsm
Rgu
nsb
Wsp
Rgu
Ssm
Bbu
Ggd

Rmb
Jmb
Gsb
Mks
Pls
Ptm
Rpp
Jmb
sab
Abd
Syp
bbt
Bml
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन हुने सबै बैंक तथा शाखाहरु भदौ २३ गतेदेखि २५ गतेसम्म खोल्नैपर्ने निर्देशन दिएको छ । निषेधाज्ञाका कारण सीमित शाखामा मात्रै सञ्चालन गरेका बैंकहरुले अब राजस्व संकलन हुने सबै शाखा खोल्नु पर्ने भएको हो ।
राष्ट्र बैंकले साेमबार सम्पूर्ण बैंकहरुलाई पत्राचार गर्दै राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई खुला गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । हाल कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गरेका कारण कतिपय बैंकका शाखा कार्यालयहरु बन्द रहेका छन् ।
बैंकहरुले ग्राहकको भिडभाड हेरेर केही शाखा तथा काउन्टर खुला गरे पनि पूर्णरुपमा आफ्ना शाखाहरु सञ्चालन गर्न पाएका छैनन् । तर अब राष्ट्र बैंकको निर्देशन पछि राजस्व संकलन गर्ने काउन्टरहरु भने खुला गर्नैपर्ने भएको हो ।
