
Bsn
Ssb
jsb
Usb
Rks
Csb
Ksb
Tgp
Ksb
Gsb
Rsb
Ksb
Ssb
Ppu
Fmb
Nsb

Ssb
Hl1
Gsb
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । देउखुरीको ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी स्थित ज्ञवाली स्टोरले बिक्रीका लागि राखेको शिल गरेको पुरानो, खुइलिएको जारमा कम्पनीको स्टिकर समेत नरहेको र जार भित्र लेउ लागेको अवस्थामा फेला पारेको स्थानीय ग्राहक अर्जुन अधिकारीले बताउनु भयो ।
जार किनेर लगियो खासै ख्याल पनि गरिएन पानी सकिए पछि जार हेर्दा लेउ लागेको देखियो साटेको जार नहेर्दा त्यही फोहोर पानी समेत खाइएको उहाँले जानकारी दिनु भएको हो । कम्पनीको चरम लापरबाहीले ग्राहकहरू शुद्व पानीको नाममा अशुद्ध फोहोर पानी पिउनु परेको छ । यो उपभोक्ताको स्वास्थ्य माथिको ठुलो खेलवाड हो,अधिकारीले भन्नु भयो । अहिले सरोकारवाला निकायले समय,समयमा बजार अनुगमन नगर्दा ग्राहकहरू ठगिने गरेका छन् ।
