
Ggp
Sdc
Ksbus
Asbus
Lnp
Msbus
Ggp
Rgp
Ksbus

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले प्रकाशित प्रारम्भिक वातावरणीय परिक्षण आइ ई ई सम्बन्धि राय सुझावका लागि सार्वजनिक गरेको सूचनाका सम्बन्धमा दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले राय सुझाव अक्षरस पालनाका निम्ति सोमबार एक बिज्ञपति मार्फत आफ्नो सुझाव पेश गरेको छ ।
जस् सुझावमा यस्तो रहेको छ, वडा नम्बर १ मा नदीजन्य पदार्थको संकलन गर्दा भालुवाङ बजार क्षेत्रकाे अधिकाङ्श भुभाग नदी किनारमा रहेकोले मानव बस्तीनै धरापमा पर्न सक्ने र भालुवाङ,लाहापे झुलुङ्गे पुल तथा पुर्व पश्चिम् महेन्द्र राजमार्ग अबस्थित सवारी साधन आवागमन गर्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्त्वको राप्ती पुलको जोखिम पुर्ण हुन सक्ने प्रगन्ना नहर प्रणालीको वराखुट्टी क्यानल मुहानमा तत्काल समस्या उत्पन्न हुने । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ,ईलाका प्रहरी कार्यालय भालुवाङ,सशस्त्र प्रहरी ज्वालामाई २१ नम्बर गण मुस्लिम मस्जिद,स्वर्गद्वारी प्रावी तथा गृहणी विद्यालयका संरचना र करोडौंको लगानीमा निर्माण गरिएको राप्ती नदीको तटबन्ध तहसनहस हुने देखिन्छ ।
त्यस्तै वडा नम्बर २ मा कटाहा गाउँ,प्रगन्ना सिचाइ आयोजना २ नम्बरको इन्टेकको मुहानमा गम्भीर क्षति पुग्ने तथा अत्यधिक मात्रामा खेती योग्य भुभाग नस्ट हुने,र वडा नम्बर ३ मा खुररहिया,वसन्तपुर गाउँ तथा विपि आधारभूत विद्यालय उच्च जोखिममा पर्ने अन्य वडाहरुमा भानपुरको खेतीयोग्य जमीनको कटान,प्रगन्ना सिचाइ प्रणाली ३ नम्बर इन्टेक, नेपालको दोस्रो लामो पुल लगायतमा गम्भीर क्षति पुग्ने । राप्तीबाट गरिने नदीजन्य पदार्थको उत्खननले सिंगो जलचर प्राणीको वास स्थान प्रजनन प्रक्रिया असर परि जलचर प्राणीको बंश लोप हुने ।
त्यसैगरी चुरेसंग प्रत्यक्ष सम्बन्ध रहेकोे भुल्के खोलाबाट उत्खनन गर्दा सिंगो मानव बस्ती पहिरोको जोखिममा पर्ने र पर्यटकीय महत्त्व बोकेको भुल्के मुहान सुकेर मानव बस्ती पानी विहिन हुने,सो स्थानमा मगर होमस्टे निर्माण गरि निकट भविष्यमा पिक्निक स्पोर्ट्सका रुपमा विकास गर्ने अवधारणा राखेको क्षेत्रमा आर्थिक,सामाजिक तथा पर्यटकीय असर पर्ने एक बिज्ञप्ती मार्फत आफ्नो सुझाव पेश गरिएको मञ्चका अध्यक्ष भानु जोशीले सिधापत्रसंग बताउनु भएको हो ।
