
sbs
Lnp
Unsku
Ggp
Rgp
Pes
Djs
Sgr
Srbpu
cjs
Gfs
pku
Pbu
Rgp1

Rgs
Rgu
Asm
Wsp
Ksm
Bbu
Ssm
Hal
Bbbpu
Sbs
Gst
Tsm
Rgu
Rsb
Sls
Ggd
Vor
Pvg
nsb

Jmb
Mks
Gsb
Ptm
Rmb
Syp
Rpp
Pls
bbt
sab
Bml
Abd
Jmb
दाङ । घोराहीमा दुधसागर डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा स्थापना र जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमीटेडद्धारा प्रवद्र्धन गरिएको हरियो बजारको दोस्रो शाखा अन्तरगत दुध सागर डेरी उद्योगको उद्घाटन गरिएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ कस्तुरी टोल (गुरुकुल एकेडेमीदेखी पश्चीमतर्फ) सञ्चालन गरिएको उद्योगको शुक्रवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । उद्योगको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले उद्घाटन गर्नु भएको हो ।
हरियो बजार र दुधसागर डेरीबारे जानकारी दिदै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका लुम्बीनी प्रदेश प्रमुख पवन योगीले करिब २ करोडको लगानीमा निर्माण गरिएको उद्योगले स्थानीय उत्पादन तथा पशुजन्य उत्पादनलाई संकलन गरि बिक्री वितरण गर्ने उद्धेश्यकासाथ स्थापना गरिएको महिला सामुदायिक सेवा केन्द्रको स्थापना भएको र सोही उद्धेश्य अनुसार हरियो बजार स्थापना गरिएको जानकारी दिनुभयो ।
नेपाल सरकारको मापदण्डमा रही दुध संकलन, प्रशोधन तथा बिक्री वितरण गर्ने उद्धेश्यकासाथ उद्योगको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । उद्योग स्थापनामा स्वीस कन्ट्राक्ट कासा परियोजनाको आर्थिक तथा प्राबिधीक सहयोग रहेको योगीले जानकारी दिनुभयो । उद्योगमा अत्याधुनिक प्रविधीका मेसिनहरुबाट दुध प्रशोधन गरिने उहाँले बताउनुभयो ।
महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कान्ता चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दुधको शुद्धता र गुणस्तरमा ध्यान दिन उद्योगलाई अनुरोध गरेका थिए । उपभोक्ताहरु शुद्ध र गुणस्तरिय दुधको खोजीमा रहेकाले त्यसको सेवा हरियो बजारबाट पाईरहेको भन्दै दुधसागर डेरीले पनि यो सेवा दिनुपर्ने उनीहरुको भनाई थियो । साथै अग्र्यानिक उत्पादनलाई बजारिकरण गर्नकालागी हरियो बजारले सहजिकरण गरिरहेको भन्दै यसलाई बढाएर लैजानुपर्ने पनि बताएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग सदस्य भरत रेग्मी,घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारी,नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने, दाङ जिल्ला डेरी एशोसियसनका अध्यक्ष इश्वरी घिमीरे, कस्तुरी टोल विकास संस्थाका अध्यक्ष गिरिप्रसाद पन्थी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले गर्नुभएको थियो ।
