
Srbpu
Pbu
Djs
Rgp1
pku
Sgr
Ggp
sbs
Gfs
Lnp
Pes
Unsku
Rgp
cjs

Ssm
Bbu
Rsb
Gst
Ggd
Bbbpu
Wsp
Pvg
Sbs
Hal
Asm
Vor
Rgu
nsb
Tsm
Ksm
Rgs
Sls
Rgu

Rmb
Mks
Pls
Gsb
Ptm
sab
Abd
Syp
Bml
bbt
Jmb
Rpp
Jmb
दाङ । दाङको घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुर स्थीत ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुका लागि अनलाइन ई—हाजिरी शुरु गरेको छ । घोराहीको भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही—२ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरुलाई मेशिनबाट गराइने अनलाइन इ—हाजिरीको शुरु गराएका हुन् ।
विद्यार्थीहरुको उपस्थिती जुनसुकै स्थानबाट पनि प्रशासकहरुले निगरानी गर्ने,विद्यार्थीहरुको हाजिरीलाई पेपरलेस बनाउने,विद्यार्र्थीहरुको नियमितताको अद्यावधिक गर्ने,अभिभावक अन्तरक्रिया कार्यक्रममा छोराछोरीको उपस्थितीका विषयमा छलफल गर्ने लगाएतका उद्देश्यहरु राखेर दुवै विद्यालयमा अनलाईन ई—हाजिरी शुरुवात गराइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रा.लि. का प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो । ई—हाजिरलाई छिट्टै अभिभावकको मोवाइल नम्वरमा म्यासेज जाने ब्यवस्था गर्न लागिएको विद्यालयले जनाएको छ । विद्यार्थी विद्यालयमा आएर हाजिर गर्दा र पढाई सकेर घर जानेबेला गरिने हाजिरको सन्देश उनीहरुका अभिभावकको मोवाइलमा म्यासेज जाने ब्यवस्था समेत गर्न लागिएको प्रालिका प्रवन्ध निर्देशक शर्माले जानकारी दिनुभयो ।
ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयमा आँखाको रेटिना स्क्यानको माध्यमबाट र ज्योतिपुञ्ज मोडेलमा फिङ्गर प्रिन्टका आधारमा विद्यार्थीको ई—हाजिरी शुरुवात गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई अनलाइन ई—हाजिरी शुरु गराएपछि विद्यार्थीहरुको नियमिततामा प्रभावकारीता बढेको,नयाँ प्रविधि भएकोले विद्यार्थी र अभिभावक समेत उत्साहीत भएको पाइएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिनुभयो ।अनलाईन इ—हाजिरी सुरु भएपछी आफूहरुले जुनसुकै स्थानबाट पनि विद्यार्थीहरुको नियमित अपडेट र मोनिटरिङ गर्न पाइएको ज्योतिपुञ्ज मोडेल अङ्ग्रेजी विद्यालय रामपुरका प्रिन्सिपल शिव भण्डारीको भनाई रहेको छ । शिक्षा सेवा आयोग र शिक्षक सेवा आयोगको मोडेलमा मासिक बिशिष्टकृत परीक्षा प्रणाली,मोवाइल एप्सबाट विद्यार्थी र विद्यालयका गतिबिधिलाई अभिभावकलाई जानकारी गराउने बिधि,मासिक रुपमा अभिभावक शिक्षा तथा अन्रक्रिया कार्यक्रमको संचालन,पि.एच. आए.कार्यक्रमबाट अतिरिक्त पढाईको ब्यवस्था, प्रिजेन्टेशनमा आधारित विद्यार्थीहरुलाई अतिरिक्त गृहकार्य,प्रोजेक्ट बिधिबाट पढाई, विद्यार्थीहरुको डिजिटल संचित अभिलेखिकरण लगायतका अतिरिक्त व्यवहारीक विशिष्ट कार्यक्रमहरु सहित विद्यालयले ब्यवहारिक र जीवनोपयोगी कार्यक्रमलाई समेत समेटेर दुवै विद्यालय सञ्चालन गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रा.लि. का प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

