
Rgp
Ggp
Unsku
Srbpu
sbs
pku
Gfs
Djs
Pbu
Lnp
Rgp1
cjs
Sgr
Pes

Asm
Pvg
Sls
Ksm
Gst
Hal
Rgs
Vor
Ggd
Rgu
Rgu
Bbbpu
Sbs
Ssm
nsb
Bbu
Tsm
Wsp
Rsb

sab
bbt
Jmb
Pls
Rmb
Abd
Jmb
Ptm
Mks
Rpp
Gsb
Syp
Bml
सिराहा । प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीले जनाएको छ।
एक जनासँग प्रेस कार्ड फेला परेको छ। उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन। उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका वडा नम्बर -१४ नेमचन चोकबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन्। उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै थिए। पक्राउ परेका धमलासँग रामा एक्सप्रेस खबरको प्रेस कार्ड पनि छ।
प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागूऔषध र अन्य कागजातहरू बरामद गरेको छ। अवैध लागूऔषध,मोटरसाइकल, मोबाइल,एटीएम कार्ड,आईडी कार्ड,नागरिकता, राहदानी,ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ।
त्यस्तै उनीहरूलाई नियन्त्रणमालिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
