
Ksbus
Msbus
Rgp
Lnp
Ggp
Sdc
Ksbus
Asbus
Ggp

कपिलवस्तु । साउदी अरबको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदानको विषयमा सहमति भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टमा रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी युवराज मोहम्मद बिन सलमानबीच फोनमा कुराकानी भएको र राष्ट्रपति पुटिनले सम्झौताप्रति सन्तुष्टि व्यक्त गरेको बताएको हो ।
क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बिहीबार अबेर राति भएको यस फोन वार्तामा दुवै नेताले युद्धबन्दी बनाइएका विदेशी नागरिकलाई साउदी अरेबियामा हस्तान्तरण गर्ने कार्यमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् । साउदी युवराजको निजी मध्यस्थताका कारण यो सम्झौता सम्भव भएको हो।’युद्धबन्दी आदानप्रदान सम्झौताको एक भागको रूपमा युक्रेनलाई मारिउपोलमा अजोभस्टल स्टिलवर्क प्लान्टको रक्षा गर्दा रुसविरुद्ध लडेका सैनिकहरूसहित २१५ युद्धबन्दीहरूलाई हस्तान्तरण गरेको छ। यी युद्धबन्दीमा बेलायत,अमेरिकीसहित १० विदेशी नागरिक पनि छन् । यी मानिसहरूलाई साउदी अरबको जिम्मा लगाइएको छ।बदलामा युक्रेनी पूर्व सांसद भिक्टर मेदवेदचुकसहित ५५ कैदीलाई रुसलाई सुम्पिएको छ । भिक्टर मेदवेदचुक पुटिनको नजिक मानिन्छन् र युक्रेनमा उनीमाथि देशद्रोहको आरोप छ।
यसै सन्दर्भमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले साउदीका युवराज मोहम्मद बिन सलमान रूस र युक्रेन बिच मध्यस्थता गराउन राम्रो पहल रहेको भन्दै युवराज को पहल सराहनीय रहेको बताउदै साउदी सरकार सधै मानवताको पक्षमा रहेको जिक्र गर्नुभयो ।
यसै सन्दर्भमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले साउदी सरकारले रूस र युक्रेन बिचको युद्ध रोक्न पहल गर्ने र राजकुमारको कदम सराहनीय रहेको तथा साउदी सरकार विश्वमा शान्ति कायम रहोस भन्ने चाहना स्पष्ट देख्न सकिन्छ ।
त्यस्तै यसै सन्दर्भमा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की लगायत अन्यले समेत साउदीका युवराज मोहम्मद बिन सलमानको पहल प्रशंसनीय रहेको बताएका छन् ।
