आलोक भावुक/गढवा शनिबार, आश्विन ०८, २०७९

दाङ । गढवा गाउँपालिकाको पहलमा एक अनाथ महिलाको शुक्रबार उद्धार गरिएको छ ।

बिगत २ महिना देखी बिरामी भएको र आफन्त कोही पनि नभएको खबर पाएपछी गढवा गाउँपालिकाले ति अनाथ महिला लाई उद्दार प्रक्रिया अघि बढाएको हो । गढव गाउँपालिका वडाध्यक्ष नम्बर – ४ खडकपुरमा पानपसल सञ्चालन गर्दै आएकी अन्दाजी ६० बर्षिय सुक्मा भण्डारीको उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।

महिला लाई उद्दार गरेर निल सागर सेवा आश्रम नेपालगंज पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेल,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, वडा नम्बर – ४ का वडाध्यक्ष हरिभगत चौधरी, माओवादी नेता बिरेन्द्र चौधरी, स्थानीय बुद्धिजीवी मनिराम पौडेल,इलाका प्रहरी कार्यालय गढवाका प्रतिनिधि, निल सागर सेवा आश्रम नेपालगंज अभियान्ता गरिबु चौधरी र देव प्रकाश चौधरी, दिनेश पोख्रेल, प्रेस सेन्टर गढवाकी अध्यक्ष पुष्पा पौडेल, कृष्ण पन्थीको उपस्थितिमा छलफल गरी आश्रम पठाईएको हो।

निल सागर सेवा आश्रम नेपालगंजले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरु लाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको अभियान्ता देव प्रकाश चौधरीले जानकारी दिनु भयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]