
Unsku
pku
Djs
Gfs
Rgp1
Pes
Ggp
Pbu
Lnp
cjs
Sgr
Srbpu
sbs
Rgp

Sls
Rsb
Rgu
Rgu
Ksm
Asm
Pvg
Ggd
Gst
Sbs
Ssm
nsb
Rgs
Bbbpu
Wsp
Bbu
Vor
Tsm
Hal

Bml
Ptm
Rpp
Mks
Abd
bbt
sab
Jmb
Syp
Rmb
Jmb
Gsb
Pls
दाङ । नागरिक समाज दाङले नजिकिएकाे चाड पर्वलाई लक्षित गरि बजार अनुगमन कार्यलाई तीव्र बनाउन र बस्तुकाे गुणस्तरीयता कायम गराउन स्थानीय सरकारलाई अपिल गरेको छ ।
समाजका संयाेजक केबी मसालकाे अध्यक्षतामा अज बसेकाे नियमित बैठकले जिल्लाका दस वटै पालिकाले आफ्नाे क्षेत्राधिकारभित्र स्थलगत अनुगमन,निरक्षण गरी बजार व्यवस्थित गराउँदै उपभोक्ताकाे हकहितमा ध्यान दिन गुणस्तरीय बस्तु सर्वसुलभ रुपमा उपलब्ध गराउन अनुराेध गरेकाे छ ।
यस्तै,जिल्लाकाे घाेराही,तुलसीपुर,लमही,भालुवाङ, गढवा,सिसहनियाँ,हापुरेलगायतका शहर बजारमा सार्वजनिक सवारी, माेटर,अटाेरिक्साले चर्काे भाडा असुलिरहेकाे सेवाग्राहीबाट गुनासाे आईरहेकाले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार दश वटै पालिकाले स्थलगत अनुगमन गरि उपयुक्त भाडा दर कायम गरिदिन अनुराेध गरेकाे छ ।
त्यस्तै समाजले जिल्लाकाे एक मात्र विमान स्थल टरीगाउँ एअरपोर्टकाे स्तर वृद्धिका लागि रन वेकाे दक्षिण तर्फ रहेकाे ५ सय मिटर धावन मार्ग बिस्तार गर्दा ७२ सिट क्षमताकाे एटी आर विमान अवतरण गर्न सक्ने भएकाले उक्त विमानस्थलकाे धावन मार्ग बिस्तार गरि नियमित हवाई सेवा प्रदान गर्ने वातावरण बनाउन पर्यटन,नागरिक तथा उड्डयन मन्त्रालयलाई अनुराृध गरेकाे छ ।
यस्तै,नेपालीहरुकाे महान चाड दशैँ, तिहार छठ पर्वकाे अवसरमा सम्पूर्णमा सुख शान्ति समृद्धि र सुस्वास्थ्य एवम् दिर्घायुकाे शुभकामना व्यक्त गरेको छ । बैठकमा समाजका संस्थापक संयाेजक नारायणप्रसाद शर्मा,उपसभापति निमबहादुर थापा, निवर्तमान संयाेजक चन्द्रराज पन्त, सदस्यहरु सुशील गाैतम,हरिप्रसाद पाण्डेय,पद्मप्रसाद शर्मा, नारायण भण्डारी,भरतमणि पाण्डे लगायतले धारणा राख्नुभएको थियाे । बैठककाे सहजीकरण समाजका सचिव नारायणप्रसाद श्रेष्ठले गर्नुभएको थियाे ।
