
cjs
Cps
Gfs
Ggp
pku
Rgp
Gis
Djs
Rgp1
Pbu
Pes
Sgr
Rmb
Sds
Srbpu
sbs
Lnp
Rgp
Unsku

Wsp
Bbu
Tsm
Rgu
Vor
Ggd
Pvg
Bbbpu
Ksm
Rsb
Rgs
Sls
Asm
nsb
Gst
Sbs
Rgu
Ssm
Hal

Ptm
Syp
Mks
bbt
Jmb
Gsb
sab
Rpp
Rmb
Abd
Jmb
Bml
Pls
दाङको देउखुरीमा गत १ महिना पहिले देखि रसायनिक मल युरिया हाहाकार भएको छ । भारतमा काेभिड -१९ काे स्थिति भवाभह भए पछि नेपालका नाकाहरु सबै सिल भएकाले युरिया मल ढुवानीमा समस्या हुदा मलकाे हाहाकार भएको हाे । मलकाे हाहाकार भए पछि घान खेतिमा झारदगाेडमेल पछि राखिने युरिया मल नहुदा अहिले कृषकहरुले साढे अाठ सयमा पाइने युरिया मल पच्चीस सय रुपैयाँमा किनेर छर्कन बाघ्य भएको लमहि न,पा,३ का कृषक राम लाल चौधरी बताउनु भयो । उहाँ मात्रै हाेइन,सबैकाे हालत यतिबेला यस्तै भएको बुझिएको छ । अहिले दाङको लमहि कृषि सामाग्री संस्थान,साल्ट ट्रेडिङ घाेराहि र भरहवा मल डिपाेमा पनि युरिया मल नभएको बुझिएको छ ।
मलकाे हाहाकार हुदा देउखुरी कृशानहरु वढि मर्कामा परेका छन उनिहरुले अहिले बजारमा बिक्रीवितरणका लागि राखिएको कमसल,गुणस्तरहीन मल प्रयाेग गर्न बाध्य भएका छन । उसाे त बजारमा मलकाे मूल्य पनि फरक फरक हुदा झनै किसानहरु मर्कामा परिरहेका छन । मानाे छरेर मुरि फलाउने अाशामा बसेका कृषकहरु यतिबेला निरास भएका देखिन्छन् । किन कि युरिया मल नपाएको कारण । उता कृषि सामग्री संथान लमहि उपशाखाका लेखापाल घनश्याम मिश्राले भने मलकाे हाहाकार भएको सहजै स्विकार्दै अब असाेज महिनाकाे लास्ट तिर मात्रै मल अाउने सक्ने बताउनु भयाे । देउखुरी क्षेत्रमा राप्ती,राजपुर,गढवा,र लमहि न,पा,भित्र ३५ वटा सहकारीहरुले मात्रै मल बिक्रीवितरण गर्दै अाइरहेकाे संस्थानले जनाएको छ ।
