
Ksb
Rsb
Tgp
Usb
Nsb
Rks
Gsb
Ssb
Bsn
jsb
Ppu
Ssb
Csb
Ksb
Ksb
Fmb

Tsb
Hl1
Usb
Gsb
Ssb

ptl
Rgu
Nps
धनगढी । अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ।
कमलबजार नगरपालिका वडा नम्बर ६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनु भयो ।
यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/२ जनाको शव फेला परेको रिजालले बताउनु भयो । अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको रिजालले जानकारी दिनु भयो । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको रिजालले बताउनु भयो ।
