
Rgp1
Unsku
Sgr
Rgp
Srbpu
pku
Lnp
Pbu
Ggp

Pvg
Vor
Ksm
Rgu
Rgu
Rsb
Sls
Bbbpu
Hal
Gst
Ggd
Wsp
nsb
Asm
Tsm
Sbs
Rgs
Bbu
Ssm

Rpp
Abd
Pls
Rmb
Jmb
Bml
Gsb
Jmb
Mks
Syp
sab
bbt
Ptm
काठमाडौं । चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो ।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो । भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको थियो ।
