
Gsbus
Gsl
Ssbus
Ksbus
Rsbus
Gms
Ksbus
Ses
Gss
Gsbus
Ssbus
Ssbus
ebg
Lsbus
Pbu
bpmhl
Bsbus
Gis
Ksbus
Gis

Rgs
Sbs
Gst
Ksm
Hal
Asm
Sls
Rgu
Bbu
Rsb
Ssm
Tsm
Vor
Rgu
Bbbpu
Wsp
nsb
Pvg
Ggd

Ptm
Bml
bbt
Abd
Rmb
Jmb
Pls
Jmb
sab
Rpp
Gsb
Syp
Mks
दाङ । रोल्पा जिल्लाको सदरमुकाम लिबाङबाट ३६ कोष टाढाको रुपमा अबस्थित थबाङमा फलेको आलुले बजार पाएको छ ।
उच्च पहाडी भागमा बढी उत्पादित हुने आलुको लागि थबाङ एकदम उपुक्त भुमि रहेको छ । वर्ष भरि काम गरेरपनि बर्सेनि आफ्नो जहान परिवर पालेर पनि प्रायले बेच्ने गरेका छन् । थबाङ लगायत रोल्पाको उच्च पहाडी भाग लगायत मिरुल,उवा, जेल्बाङ,गाम,सिउरी र रुकुमको उच्च पहाडी भागमा बढी फल्ने गरेको पाइन्छ । जस मध्ये थबाङ बढी उर्बरा भुमि भएकोले लाखौं,करोडौं कुइन्टलको मात्रामा उत्पादित हुने आलु दाङ,सल्यान नेपालगन्ज,काठमाडौं,पोखरा बुटवल,बिरगंज लगायत ठाउँहरुमा जान्छ ।
थबाङको आलु प्राय प्रती आलु ५०० ग्राम देखि १०० ग्रामसम्म फल्ने गरेको आलु चिप्स,बिस्कुट,कुर्कुरे लगायत परिकार भन्ने भएकोले टाढा लाने गर्दछन् । अहिले सिजनमा जाने हो भने प्राय किसान कै घरमा आलु( ढुङ्गा बगर जस्तो ) हेर्न पाइन्छ । यातायात राम्रो पक्की भयो भने बल्ल किसानहरुले राम्रो भाउ पाउने छन् । बिगतका दिनमा रोल्पा थबाङ्को आलुले १० वर्षे द्वन्द्वका महा नायकहरुलाइनी त्यही ठाउँको आलु र मकैले पालिएका थिए ।
आलु उत्पादित हुनको लागि कम्तिमा पनि २ सय मिटर ५/६ किलोमीटर सम्मको उचाईमा र भिरालो जमिनमा बढी उत्पादित हुन्छ । थबाङ आलु उत्पादित गर्न अर्गानिक ( गाई,सुँगुर,भेडा,बाख्रा, खच्चर,अनि भैंसी) मलमा त्यहाँका किसानहरुले अत्याधिक मात्रामा आलुको उत्पादन गराउछन् । थबाङ वर्षभरी काम गरेरपनि आफ्नो परिवार पाल्न सजिलो रहेको छ। त्यस ठाँउमा आलु लगाउन फाल्गुन,चैत महिनादेखि सुरु गर्छन् अनि साउनमा खन्छन् । करिब ६ महिनामा आलु खन्न तयार हुने गरेको हुन्छ । एउटै बारिमा आलु ,मकै, सिमि, भटमास,मुला लगायतका अन्नहरु एकै ठाँउमा उब्जनी हुन्छ ।
त्यस्तै आलुपछाडि त्यो ठाँउमा दुई महिनापछि अरु अन्न बाली पाक्ने गरेको पाईन्छ भने एकै ठाउँमा पाँच,छ थरिको अन्न उत्पादित हुन्छ । आलु बढी जसो हिउँ पर्ने ठाउँमा उत्पादन हुन्छ । त्यो ठाँउको आलु औलो ( गर्मि ठाउँ )मा हिउँमा धेरै फल्ने गरेको पाइन्छ । रोल्पाको आलु खान मात्र नभएर हिउँदामा गर्मी ठाँउमा बिउबाट राम्रो फल्छ । रोल्पाको आलु गर्मी ठाउँमा कार्तिकदेखि मंसिरसम्म लगायो भने राम्रो उत्पादित हुन्छ । बिगतका दिनहरुमा बाटो घाटोको समस्याले मान्छेले खाई नसकेर बस्तु र सुँगुर,बङगुरलाई पनि आहारा बनाउने गरिएको थियो भने अहिले त्यहाँ बजार पाएको छ ।
अहिले प्राय थबाङको आलु घोराही बजार ल्याई पुग्दासम्म ५ केजी आलुको मुल्य रु २५० मा बिक्री भैररहेको छ । बजारको भाउ अकासिएसंगै थबाङ्को आलुले पनि बजार पाएको छ । अहिलेको खदेरी र बर्षाले आलुको उत्पादनमा पोहोर सालको मुल्यामा भन्दा बढी जानसक्ने भएकोले थबाङी किसानहरु हर्षिद छन् भनेर थबाङ फुन्तिबाङ्का फर्क झाक्री मगरले बताउनु हुन्छ । झाक्री मगरका अनुसार अहिले त झन यहीँ ठाउँ ब्यापारिहरुको आलु बजार प्रतिस्पर्धा रहेको बताउनु हुन्छ । थबाङ्का किसानीहरुको मेहनत अनुसार बर्षमा पोहोर।को साल भन्दा अहिलेको सालमा धेरै आम्दानी गर्न सक्ने त्यहाँका किसानहरुको अनुमान रहेको छ ।
यस्तै रोल्पाको हरेक सम्भाबनाहरु उतिकै रहेको छ ।उब्जने उर्भराअन्नको भण्डारको रुपमा पनि धेरै सम्भावनाहरु रहेका छन् । भोलिका दिनमा अझै साच्चिकै यातायातको राम्रो पुर्बधार र कृषि कार्यालयको ध्यान तान्न योग्य र दिगो रुपले भयो भने रोल्पा कृषि प्रधान र पर्यटकीय सम्भाबनाको जिल्ला रहन सक्ने सम्भाबना रहेको छ । यस सन्दर्भमा सम्बन्धित निकायको पनि ध्यान जान जरुरी छ ।
