
Pbu
Gms
Ksbus
Ssbus
Rsbus
Ksbus
Ssbus
Ses
bpmhl
Lsbus
Lsbus
Gsbus
Bsbus
Ksbus
Ssbus
Gss
ebg
Nssbush
Ksbus
Gis

Rgu
Sbs
Bbbpu
Wsp
Sls
Rgs
Hal
Tsm
Ssm
Ggd
Asm
Bbu
nsb
Ksm
Rgu
Vor
Rsb
Pvg
Gst

Rpp
Ptm
sab
Gsb
Jmb
Pls
bbt
Jmb
Mks
Bml
Syp
Abd
Rmb
दाङ । जिल्ला उद्योग वाणिज्य संघले शनिबार जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख र डिएपीसंग परिचयात्मक कार्यक्रम गरेको छ । प्रहरी प्रमुख एसपी बिरवहादुर वली र डिएपी राजन गौतम संग परिचयात्म कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी वलीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए । सबैको सहयोगले मात्र प्रहरी सफल हुने उनको भनाइ रहेको थियो । ‘नागरिकको सहयोगले मात्रै समाजमा शान्ति स्थापन गर्न प्रहरी सफल हुन्छ,’ उनले भने ‘ हरेक नागरिकले प्रहरीलाई समयमै सूचना दिएर सहयोग गर्नु होला ।’ डिएपी राजन गौतमले पछिल्लो समय प्रविधिको प्रयोग गरेर अपराधिक घटना हुने गरेको भन्दै त्यस तर्फ प्रहरीले ध्यान केन्द्रित गर्ने बताए ।
व्यवसायीले आफ्नो व्यवसाय भएको स्थानमा गुणस्तरिय सिसी टिभी जडान गरेमा चोरी हुन बाट बच्न सकिने उनको सुझाव थियो । त्यस्तो अवस्थामा चोरी भएपनि दोषीलाई पक्राउ गर्न सहज हुने उनको विश्वास थियो ।
बाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले संघले व्यावसायिक हित मात्र नभइ सामाजिक कार्यमा पनि सक्रियताका लागि हात अगाडि बढाउने हुँदा समाजको शान्तिका लागि मिलेर काम गर्न तयार रहेको बताएका थिए ।
संघका यसअघिका अध्यक्ष नारायणप्रसाद भुसालले पछिल्लो समय जिल्लामा लागु औषध सेवन कर्ताहरुको संख्या बढेको प्रति चिन्ता जाहेर गर्दै समयमै त्यसबारे कदम चाल्न आग्रह गरे ।
कार्यक्रमलाई संघ पूर्व अध्यक्ष चन्द्रराज पन्त,पूर्व सचिव सुन्दर गौतम, घोराही हाडवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसी लगाएतकाले मनतब्य ब्यक्त गरेका थिए । धन्यवाद मनतब्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की र सहजीकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।
