ओमप्रकाश गुप्ता शनिबार, भाद्र १८, २०७९

दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख एवम् देउखुरी टुडे डटकमका अध्यक्ष /प्रधान सम्पादक सन्तोषकुमार गुप्ताले आफ्नो ३३ औं जन्म दिनमा शनिबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई फलफुल दिएर मनाएका छन् ।आश्रमका बुवा आमाहरुकाे स्वास्थ्यलाई फाइदा पुगाेस् भन्नका लागि आफुले फलफुल प्रदान गरेकाे गुप्ताले बताए ।फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने समेत बताएका छन् । साथै उनले आफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् । यस्तै देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले पत्रकारिता क्षेत्रकाे विकासका लागि शुभकामना व्यक्त गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]