
Sds
Anm
gst
mbd
Ksm
Mbdvs
Gmk
Rbs
Pbu
Gisld

Rgu
Hal
Pvg
Ggd
Sls
Vor
Ssm
Gst
Rsb
nsb
Wsp
Asm
Rgu
Tsm
Sbs
Bbu
Ksm
Bbbpu
Rgs

Gsb
sab
Jmb
Rpp
Rmb
Bml
Ptm
Pls
Jmb
Syp
Mks
Abd
bbt
दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख एवम् देउखुरी टुडे डटकमका अध्यक्ष /प्रधान सम्पादक सन्तोषकुमार गुप्ताले आफ्नो ३३ औं जन्म दिनमा शनिबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई फलफुल दिएर मनाएका छन् ।आश्रमका बुवा आमाहरुकाे स्वास्थ्यलाई फाइदा पुगाेस् भन्नका लागि आफुले फलफुल प्रदान गरेकाे गुप्ताले बताए ।
फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने समेत बताएका छन् । साथै उनले आफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् । यस्तै देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले पत्रकारिता क्षेत्रकाे विकासका लागि शुभकामना व्यक्त गरेका छन् ।
