आलोक भावुक/गढवा बिहिबार, भाद्र १६, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिकाले कार्यालयको मुलगेटमा हेल्पडेस्क स्थापना गरेको छ । पालिकाले अपाङ्गता भएका,जेष्ठ नागरिक तथा अन्य सरोकारवालाको लागि कार्यालयको मुख्यद्वारमा सहायता कक्षा (हेल्प डेस्क) सञ्चालनमा ल्याएको गढवा गाउँपालिकाले जनाएको छ ।

हेल्पडेस्क नहुँदा सर्वसाधारणहरुलाई सास्ती भोग्नु परेको थियो । सहयता कक्षा सञ्चालन भएपछी सबै कोठामा पुग्न नपर्ने र आफुले चाहेको सेवाका सम्बन्धमा आवश्यक जानकारी यही डेस्कबाट प्राप्त गर्दा एकदमै खुशी लागेको स्थानीय छविलाल चौधरी बताउछन्। ७१ वर्षीय चौधरी सामाजिक सुरक्षा शाखामा जानकारी लिनका लागी पहिलोपटक गढवा गाउँपालिकामा आउनु भएको थियो। चौधरीलाई देख्ने बित्तिकै सहायता कक्षाका कर्मचारी ऋषि भगत गुप्ताले उहाँलाई सोधपुछ गरेर सम्बन्धित शाखामा पुराउनु भयो ।

आफुले पहिलो पटक गाउँपालिकाको कार्यालयमा आएको र अन्य कार्यालय जस्तो हरेक कोठा/कोठामा जानु परेन सिधै सम्बन्धित कोठामा आएर काम सकेर फर्किए ज्यादै खुसि लागेको चौधरीले बताउनुभयो। हेल्पडेस्क स्थापना भएपछि सेवाग्राहीहरुलाई एकदमै सजिलो भएको छ। पालिका भित्रका सम्बन्धित शाखाको बारेमा प्रत्येक कोठामा नपुगेरै हेल्पडेस्क बाटै सम्पूर्ण जानकारी दिने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको गढवा गाउँपालिकाले जानकारी दिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]