Sidha Patra बिहिबार, भाद्र १६, २०७९

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ।

स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण समेत थालिसकेको छ । जिल्लामा स्थानीय तहले स्थापना गरेको यो पहिलो एफएम हो ।

एफएमको उद्घाटन गर्नुहुदै नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरपालिका क्षेत्रभित्रका गतिविधिहरु पालिकाबासी बीच पुर्‍याउने उद्देश्यले एफएम स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै रेडियोले विकास निर्माण,कृषि,शिक्षा र स्वास्थ्य लगायत स्थानिय सरोकारका बिषयलाई बढी प्राथमिकता दिनुपर्ने नगरप्रमुख भण्डारीले आग्रह गर्नुभयो । गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएको रेडियो संचालक समितीका कोषाअध्यक्ष सिपि पौडेलले जानकारी दिनुभयो ।

यस्तै रेडियो स्थापनाका लागि अहिलेसम्म बीस लाख रुपियां लगानी भईसकेको र अन्य आवास्यक उपकरण र प्राविधिक कामहरु भईरहेको नगरपालिकाले जनाएको हो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]