
Usb
Ssb
Ksb
Csb
jsb
Tgp
Ssb
Rks
Ksb
Gsb
Fmb
Rsb
Bsn
Ppu
Nsb
Ksb

Tsb
Usb
Hl1
Ssb
Gsb

Rgu
Nps
ptl
बाँके । बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको छ । कोहलपुर नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको नेतृत्वमा साेमवार न्युरोड क्षेत्रबाट डोजर लगाएर अतिक्रमित संरचना हटाउन सुरु गरेको हो ।
त्यस्तै न्युरोडमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि कोहलपुर बसपार्क पुग्दा भने अवरोध भएको छ । व्यवसायीहरूले डोजर चालकमाथि ढुङ्गा प्रहार गर्न थालेपछि अवरोध हटाउने काम रोकिएको छ । स्थानीय व्यवसायीले विकल्प दिएर मात्रै संरचना हटाउनुपर्ने माग गरेका छन् ।
यस्तै मेयर आचार्यले आफूहरूको अभियानमा अवरोध भए पनि काममा सहयाेग गर्न नगरवासीसँग आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक हिमालय शाहसहितकाे टाेलीकाे सहयाेगमा कोहलपुरमा अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको छ । काठमाण्डाै महानगरपालिकाबाट सुरु भएकाे अतिक्रमित र अनधिकृत संरचना हटाउने अभियान देशका विभिन्न पालिकाले अनुशरण गरिरहेका छन् ।
